Friday 24th November 2017

आसन रुपन्देहीमा बिबिध कार्यक्रम सम्पन्न ।

भाद्र १७,बुटवल/ अकाडेमिक स्कुल एसोसिएसन अफ नेपाल (आसन) द्वारा ५ बिधामा आसन स्तरिय प्रतियोगिता सम्पन्न भएको छ । अनुशासन विषयक खुल्ला कबिता प्रतियोगितामा ड्रीम भिजन स्कुलकी शुश्मा खनाल प्रथम, ब्राइट स्कुलकी दिक्ष्या घिमिरे दोस्रो , दुर्गा शैक्षिक कि रक्षा भन्डारी एबम लिटल फ्लावर्स का बिमल पराजुली तृतिय र मदरल्यान्ड्कि शिक्षा भुसाल ले सान्त्वना स्थान हासिल गरका छन ।
त्यसै गरि खुल्ला चेस प्रतियोगितामा ड्रीम भिजन स्कुलका सिद्धान्त खनाल प्रथम र सिताकिङ्सका रबिन्द्र थारु दोस्रो स्थान हासिल गरका थिए ।
खुल्ला पिस एन्ड डेभ्लपमेन्ट बिशयक अङ्ग्रेजी निबन्ध अन्तर्गत मदर्ल्यान्डका मनोहर श्रेस्ठ प्रथम, लिटिल फ्लावर्स का रोहन भुसाल दोस्रो, ड्रीम भिजन का निराजन आचार्य तेस्रो र दुर्गा शैक्षिक ग्रीहका बालकृश्ण यादब सान्त्वना भएका थिए ।
गणितीय दौड मा किम्बर्लि किन्डर गार्टेन कि भानु मति यादब प्रथम ,मदर्ल्यान्ड स्कुलकि निपाङ्ग थापा दोस्रो र सिद्दी बिनायक सेकेन्डरी स्कुलको कपिल पौड्याल तेस्रो भएका थिए ।
प्राकृतिक सुन्दरता बिशयक चित्रकला प्रतियोगितामा दुर्गा शैक्षिक का आकाश रिजाल प्रथम किम्बर्लिका भबिस्वर बि क दोस्रो र सिद्दी बिनायकका रेशम चौधरिले तेस्रो भएका थिए ।
आसनका अध्यक्ष चुडामणी डुम्रेको अध्यक्षता, जिल्ला शिक्षा कार्यालय रुपन्देहीका स्कुल सुपरभाइजर चन्द्रकान्त शर्मा को प्रमुख आतिथ्यता, आसनका उपाध्यक्ष गंङाराम दङोरियाले स्वागत मन्तब्य, लिटल फ्लावर्स का प्रबन्ध निर्देशक पानकुमार फौदार को सम्योजकत्व मा सम्पन्न कार्यक्रम को सन्चालन सन्स्थाका सचिब मनोज अधिकारिले सन्चालन गरेका थिए ।
कार्यक्रममा सम्योजक पानकुमार फौदार, सन्स्थाका अग्रजहरु हरिहर श्रेस्ठ , लिलाधर न्यौपाने र दिलकुमारी फौदार लगायतले मत्व्य राखेका थिए ।
कार्यक्रममा अध्यक्ष चुडामणि डुम्रे ले सम्पुर्ण बिजेता प्रतियोगी लाइ बधाइ दिदै ग्रामिण भेगमा रहेर पनि यस्ता खालका कार्यक्रम हरुले बिध्यार्थीहरुलाइ शैक्षिक गुणस्तरको धावन मार्गमा दौडाएर अन्तरास्ट्रिय स्तरमा समेत स्वर्ण पदक दिलाउन सकिने र आगामी दिनमा यो भन्दा अझै रचनात्मक कार्य हरु गरिदै अगाडि लैजाने कुरा वताएका थिए

 

©2017 Takkarnews All Rights Reserved...