Monday 25th September 2017

बंगाली नायिकाको शव आधा कुहिएको अवस्थामा फेला

माघ २६  , एजेन्सी /बंगाली मनोरञ्जन उद्योगमा छोटो समय काम गरेकी नायिकाको शव बुधबार उनको कोलकातास्थित फ्ल्याटबाट पुलिसले बरामद गरेको छ ।

बितास्ता शाहाको आधा कुहिएको शरिर कोलकाताको दक्षिणी भागमा अवस्थित कास्बामा रहेको उनको फ्ल्याटमा झुण्डिएको अवस्थामा फेला परेको हो ।

लगभग दुई दिनदेखि उनलाई गरिएको अनेकौं फोन नउठेपछि उनकी आमा उनलाई भेट्न फ्ल्याटमा पुगेकी थिइन् । बितास्ता फ्ल्याटमा एक्लै बस्ने गर्दथिन् ।

निकै बेरसम्म ढोका ढक्ढकाउँदा पनि ढोका नखोलेपछि बितास्ताकी आमाले छिमेकीको सहयोगमा पुलिसलाई खबर गरेका थिए ।

पुलिसले ढोका फुटाएर हेर्दा उनको शव सिलिङमा झुण्डिरहेको अवस्थामा भेटिएको पुलिसले जानकारी दिएको छ ।

बितास्ताको नारी पनि काटिएको र उनको शरिरमा घाउको विभिन्न दाग पनि देखिएको बताइएको छ ।

सुरुवाती अनुसन्धानमा बातिस्ताले आत्महत्या गरेको देखिन्छ तर हामी पोस्टमार्टम रिपोर्टको पर्खाइमा छौं । उनको मृत्यु दुई दिन अघि भएको बताइएको छ । उनको कोठा गन्हाएको थियो,’ एक पुलिस अधिकारीले बताएका छन् ।

बितास्ता थुप्रै दिनदेखि डिप्रेसनमा भएको पुलिसले दाबी गरेको छ ।

‘हामीले उनको फेसबुक प्रोफाइल र पोष्ट हेर्यौं । जसमार्फत थाहा भयो कि उनी लामो समयदेखि डिप्रेसनको शिकार थिइन् । एक पटक उनले आफ्नो जीवनको अन्त्य गराउने बताएकी थिइन् । हामी सबै कुरा अनुसन्धान गरिरहेका छौं । उनले कल डिटेलसमेत,’ पुलिसले बताए ।

©2017 Takkarnews All Rights Reserved...