Monday 25th September 2017

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख ज्ञवाली बर्खास्त

sushil-gyawaliकाठमाडाैँ : सरकारले राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका  प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीलाई बर्खास्त गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले ज्ञवालीको स्पष्टीकरण चित्त बुझ्दो नभएको भन्दै बर्खास्त गर्ने निर्णय गरेको हाे ।

ज्ञवालीको काम सन्तोषजनक नभएको भन्दै सरकारले गत हप्ता उनीसँग स्पष्टीकरण सोधेको थियो। ज्ञवालीले बुधबार १२ पृष्ठ स्पष्टीकरण बुझाउँदै आफूले काम गरेको तर अन्य मन्त्रालयको असहयोगका कारण पुनर्निर्माण ढिलाइ भएको बताएका थिए।

सरकारले अर्को सीईओ आजै नियुक्त गर्ने र दुबै निर्णयलाई एकसाथ सार्बजनिक गर्ने समझदारी भएको मन्त्रिपरिषद स्रोतले बताएको छ । बैठकमा प्रधानमन्त्री प्रचण्डले प्राधिकरणका सीईओले काम गर्न नसकेको घाम झै छर्लङ्ग रहेको बताए । साथै उनले आजै नयाँ सीईओ नियुक्त हुने जानकारी दिए । तर, कसलाई नियुक्त गर्ने भन्ने खुलाएनन् ।

 

©2017 Takkarnews All Rights Reserved...