Monday 25th September 2017

कस्ती निर्दयी बुहारी, आफ्नै ससुरालाई छुरा प्रहार !

प्रेम सुनार
गुल्मी, भाद्र–२८ । गएराती गुल्मीको आँपचौरमा बुहारीले ससुरालाई छुरा प्रहार गरेर सख्त घाईते बनाएकी छन् । मुसिकोट नगरपालिका वडा नम्वर ५ आँपचौरको खर्वाङ्ग भन्ने गाउँकी ४० वर्षिया गोमा परियारले ५८ वर्षिय ससुरा तुलबहादुर परियारलाई टाउँकोमा छुरा प्रहार गरेकी हुन् ।

मजुवा ईलाका प्रहरी कार्यालयका असई रमैया यादवका अनुसार घाईते ससुराको टाउकोमा डेढ ईन्च गईराईको चोट लागेको छ । हिजो रातीनै उनलाई मजुवाको रुद्रवती अस्पतालमा उपचार गर्न ल्याईएको थियो ।

तस्वीरः घाईते ससुरा तुलबहादुर परियारको

हिजो साँझ तुलबहादुरले नतीलाई हप्काउँदै एक दुई थप्पर पनि लगाएको रिसले बुहारीले एक्कासी ससुरालाई टाउँकोमा छुरा प्रहार गरेको असई यादवले जानकारी दिए ।

अहिले विहान छलफल चलिरहेको उनले बताए । उनको छोरा युद्धविर पनि घरमै थिए । उनिहरु छुट्टिएर अलग अलग बस्दै आई रहेका छन् ।

गुल्मी न्यूज डट कम बाट साभार ।

©2017 Takkarnews All Rights Reserved...