Monday 25th September 2017

आजको नेपाल आइडलमा सागर आलेले ‘मेरो नेपाल’ गाएपछि तिनै जजले भने हिरा होईन कोहिनुर हौ (भिडियो सहित)

सागर आले मगरसानै देखि संगितमा रुचि राखे पनि १४ बर्षको उमेर देखि गायन क्षेत्रमा लाग्नुभएको हो । एकदमै कुसल गायक स्वरका धनी सागर अहिलेसम्म चितवन आईडल टप ८, नेपाली तारामा टप २० को सेलेक्शन र बिग आइकनमा पहिलो रनर अप भएर आफ्नो प्रतिभा प्रस्तुत गरिसकेका छन् । भने चारैतिर बाट राम्रो प्रतिक्रिया पाएक सागर आले मगर अहिले नेपाल आईडल को उत्कृष्ट ४ मा पर्न सफल हुनुभएको छ ।

सागर आले सबै खाले गीत गाउन सक्ने मेधावी व्यक्ति हुन । उनि क्लासिकल, पप, रक तथा लोक विधाको गीत समेत गाउन माहिर छन् । गाउनुको अलावा मादल बजाउन र नाँच्नमा पनि उत्तिकै सिपालु आले पढाइमा पनि अब्बल नै छन् ।

पहिलो पटक २०७० मा चितवन आइडलमा भिडेका सागरले टप ८ मै चित्त बुझाउनु परेको थियो त्यो भन्दा पनि ठुलो दुख त्यतिबेला लाग्यो जतिवेला उनीहरु सागर आले र उनका जेठो दाई साजन आले नेपालि तारा सिजन ३ को चितवन अडिसनमा फेल भए तर पनि हिम्मत हारेनन सागर र साजन चितवन पछि वुटवल पुगेर अडिसन दिए र दुई भाई नै पास भए अन्तत सागर नेपालि तारा टप २० सेकेक्शन बाट बाहिरिएका थिए १

अचम्मको कुरा सागरले अहिले सम्म म्युजिक सिकेका छैनन तर संगीतमा पोख्त कलाकार सँग पनि मज्जाले भिड्न सक्ने सामर्थ्य सागर सँग छ १ निम्न परिवारमा हुर्केका सागरको स्वभाव सानैदेखि चन्चले र सबै सँग भिज्न सक्ने छ उनि बच्चा युवा र बुढाबुढी सबैसँग मज्जैले भिज्न सक्छन १

सागर आलेको परिवारमा बुबा आमा र पाँच भाई छोराहरु मात्र छन् दिदि बहिनि छैनन भने माइला दाई बाहेक सबैजना घरमै छन् १ उनको परिवारमा सागर आले र उनको जेठो दाई साजन आले गाउनमा बराबर नै छन् तर अरु भाईहरु र आमाबुवामा त्यो कला थिएन १

सागर नेपाल आइडलको त्यउ ४ मा पुगेपछि देशैभरी र विदेश तिर पनि हजारौं संगीत प्रेमी युवाहरु उत्साहित छन् । हरेक तह र तप्काबाट सागरलाई साथ र सहयोग मिलिरहेको छ । पटिहानी निवासी नेपाल आईडलको टप ३ मा प्रतिस्पर्धा गरि रहेका सागर आले टप १२ देखि दर्शकको भोटिङको आधारमा छनोट हुदै आएका सबैमध्येका बलिया प्रतिस्पर्धी हुन् । उनी अहिलेसम्म एक पटक मात्र डेन्जर जोनमा परेका छन ।

उनलाई नेपाल आईडल भएको हेर्न दर्शकहरु व्यग्र प्रतिक्षामा छन् । तर सबैले धेरै भन्दा धेरै भोटिङ नगरेसम्म सागर नेपाल आईडल बन्न सक्दैनन् । पटिहानीको माटोमा जन्मिएकासागरले आफ्नो बल, बुद्दि र मेहेनतले संघर्ष गर्दै यहासम्म आइपुगेको भन्नेकुरा उनको बारेमा पढेपछि प्रष्टै छ ।

नेपाल आइडलमा सागर आलेका हरेक प्रस्तुतिहरु एकदमै दमदार धमाका छन् । सागर आलेलाई अझै अगाडी बढाउन र नेपालको पहिलो नेपाल आइडल बनाउन जनताको भोट नै निर्णायक बन्छ त्यसैले उनलाई भोट गर्न मोबाईलको म्यासेज बक्समा गई १३ टाईप गरि ३५२२५ मा पठाउन पर्नेछ । यस्तै विदेशमा बस्ने दर्शकहरुले नेपाल आईडलको मोबाईल एप्लीकेशन डाउनलोड गरेर सागरलाई भोट गर्न सकिनेछ । माथिको सामग्री नयाँबाटो डटकमले सागर आलेको पारिवारिक स्रोत बाट तयार पारेको हो १ मनपरे सेयर पनि गर्नुहोला धन्यवाद

आजको प्रस्तुति हेर्नुहोस भिडियो

 

©2017 Takkarnews All Rights Reserved...