Friday 24th November 2017

आसन स्तरीय खुल्ला वादविवाद र राइम्स प्रतियोगिता सम्पन्न

बुटवल,२६ कात्तिक / एक्याडेमीक स्कुल एसोसीयसन अफ नेपाल (आसन) रुपन्देहिले आसन स्तरीय खुल्ला वादविवाद र राइम्स प्रतियोगिता ड्रिम भिजन स्कुल अफ फर्साटिकरमा सम्पन्न गरेको छ । कार्यक्रम संयोजक एवं ड्रिम भिजन स्कुल अफ फर्साटिकरकी प्राचार्य रुपा पराजुलीको सञ्चालनमा सम्पन्न उक्त कार्यक्रमको सभाध्यक्ष आसन रुपन्देहीका अध्यक्ष चुडामणी डुम्रेले गर्नुभएको थियो । कार्यक्रमका प्रमुख अतिथि नेपाल पुस्तक एवं स्टेसनरी व्यवसायि महासंघका केन्द्रिय अध्यक्ष हरि प्रसाद अर्यालले ग्रामिण भेगमा रहेका विद्यार्थिहरुको चौतर्फी बिकाशका लागी गरीएका यस्ता कार्यक्रमहरु प्रशंसनिय रहेको बताउनुभयो । ड्रिम भिजन स्कुल अफ फर्साटिकरका विद्यार्थीभाइबहिनीहरु अमिसा थापा, शोभा खनाल, शिव खनाल सलिना सारु, स्वप्निल डुम्रे लगायतले नृत्य एवं गितहरु प्रस्तुत गरी कार्यक्रमलाई थप मनोरञ्जन प्रदान गरिरहेका थिए । बुद्ध टेलीभीजन का प्रोग्राम डाइरेक्टर खेमराज रेग्मीको जजमेन्ट मा सञ्चालन गरिएको वादविवाद प्रतियोगितामा दुर्गा सैक्षिक गृहकि शिक्षा काङ्खले प्रथम, ड्रिम भिजन स्कुल अफ फर्साटिकरका सिद्धान्त खनाल दोस्रो, मदरल्याण्ड स्कुलका दिपक डुम्रे तेस्रो, शिद्धिबिनायक स्कुलका कामना उपाध्याय सान्त्वना स्थान हासिल गर्न सफल भएका छन् त्यसैगरी मन्टेस्वरी एसोसीयसन नेपाल, रुपन्देहीकि अक्ष्यक्ष नितु श्रेष्ठको जजमेन्टमा भएको राइम्स प्रतियोगिता तर्फ सिद्धि बिनायक स्कुलको सीरीसा सुबेदी को समूह प्रथम, दुर्गा सैक्षिकको आयुसा पौडेलको समूह द्धितिय र लिटिल ङ्खलावर्सको रीवाज गीरीको समूह तृतीय भएको कुरा आसन रुपन्देहीका सचिव मनोज अधिकारीले बताएका छन् ।  

सैनामैनामा हुने औद्योगिक व्यापार महोत्सवमा नगरस्तरीय मम्मी डान्स प्रतियोगिता हुने

टक्कर न्युजबुटवल, कात्तिक ११ / सैनामैना उद्योग वाणिज्य संघ रुपन्देहीको आयोजनामा मुर्गियामा हुने दोस्रो राष्ट्रिय सैनामैना, कृषि, पर्यटन तथा औद्योगिक व्यापार महोत्सव २०७४ को अवसरमा मम्मी डान्स प्रतियोगिता हुने भएको छ । सैनामैना नगरस्तरीय मम्मी डान्स प्रतियोगितामा बच्चा भएका विवाहित मम्मीहरुले सहभागिता जनाउन सक्ने मेला आयोजक तथा संघका सचिव टिकावहादुर शाहीले वताउनु भयो । प्रतियोगितामा प्रथम हुनेलाई आकर्षक पुरस्काको व्यवस्था गरिएको सचिव शाहीले वताउनु भयो । यसैवीच महोत्सवको तयारीकै क्रममा शनिवार सैनामैनाका जनप्रतिनिधिहरुले महोत्सवलाई कुनैपनि अवस्थामा सफल वनाउने प्रतिवद्धता जनाएका छन । जनप्रतिनिधिहरुले महोत्सवले समग्र सैनामैना नगर क्षेत्रको विकासमा सहयोग पुग्ने भन्दै आफूहरुले महोत्सव सफल वनाउन अपनाउनु पर्ने कुनै कुरामा द्विविधा नराख्न महोत्सव आयोजकहरुलाई आग्रह गर्नुभएको छ । सैनामैना नगरपालिका वार्ड नं. १ का अध्यक्ष केयरसिंह गलामी, २ का अध्यक्ष कामदेव भुसाल, ३ का अध्यक्ष रत्नवहादुर पौडेल र वार्ड नं. ४ का अध्यक्ष धनवहादुर कार्कीले सैनामैना नगर क्षेत्रमा आयोजना हुने मेला र महोत्सव सैनामैनाकै गहना भएको र त्यसवाट समग्र सैनामैना क्षेत्रकै आर्थिक विकासमा सहयोग पुग्ने भन्दै सहयोगमा कुनैपनि कञ्जुस्याई नहुने प्रतिवद्धता जनाउनु भयो । सैनामैना उद्योग वाणिज्य संघका अध्यक्ष तथा आयोजक समितिका संयोजक राजवहादुर क्षेत्रीको अध्यक्षतामा सम्पन्न अन्तरक्रिया कार्यक्रममा धन्यवाद ज्ञापन उद्योग उपाध्यक्ष रिमवहादुर श्रेष्ठ र संचालन महासचिव रामप्रसाद अधिकारीले गर्नुभएको थियो । यसैगरी शनिवार नै सैनामैना नगर क्षेत्रमा रहेका आमा

शंकरनगर वन विहारको सातौं साधारणसभा

बुटवल, ११ कार्तिक । शंकरनगर वन विहार तथा अनुसन्धान केन्द्र (वन वाटिका) को सातौं साधारणसभा शनिबार सम्पन्न भएको छ । साधारणसभामा बोल्दै प्रमुख अतिथि तिलोत्तमा नगरपालिकाका प्रमुख बासुदेव घिमिरेले वनवाटिका तिलोत्तमा नगरपालिकाको प्रमुख गहना भएकाले यसको पर्यटकीय विकासलाई नगरपालिकाले प्राथमिकतामा राखेको बताए । उनले वन वाटिकामा करिब १४ करोड लागतमा १० तले भ्यू टावर बनाउन टेण्डर समेत आव्हान भइसकेकाले भ्यू टावर निर्माणपछि यहां आउने पर्यटकको संख्यामा तीन–चार गुणाले बृद्धि हुने औंल्याए । भ्यू टावर निर्माणलाई चार वर्ष हैन दुई तीन वर्ष भित्रै पूरा गर्ने गरी सक्रिय भएर लाग्न पनि नगर प्रमुख घिमिरेले सुझाव दिए । तिलोत्तमालाई स्वच्छ र सफा नगरपालिका बनाउन नगरपालिकाले अघि सारेको सरसफाई अभियान र फोहरमैला व्यवस्थापनका लागि वहुउपयोगी ल्याण्डफिलसाइड निर्माण कार्यमा सहयोग गर्न पनि घिमिरेले नगरवासीसंग आग्रह गरे । वनवाटिकाको कारण अहिले तिलोत्तमा नगरपालिका र नगरवासीले गर्व गर्न पाएको स्मरण गराउंदै नगरप्रमुख घिमिरेले वन वाटिकाको पर्यटकीय विकासमा कसैले पनि असहयोग र अवरोध गर्न नमिल्ने बताए । केन्द्रका अध्यक्ष बाबुराम अर्यालले प्रतिवेदन प्रस्तुत गर्दै वनवाटिकाभित्र नगरपालिकासंग मिलेर भ्यू टावर निर्माण शुरु हुने प्रकृयामा रहेको जानकारी गराउंदै आगामी दिनमा बाल रेल सञ्चालन, बोटानिकल गार्डेन, हरर हाउस, प्राकृतिक पोखरी निर्माण, ऐतिहासिक कुवा संरक्षण, चिडियाखानालाई क्षेत्रीय स्तरमा स्तरोन्नति, तारबार, विपश्यना ध्यान केन्द्र निर्माण र जटिबुटी÷जिवजन्तु संरक्षण गर्ने लक्ष्य राखिएको बताए ।

दुर्गादत्त उच्च मा.वि तथा शंकरनगर बहुमुखि क्याम्पसमा विद्यार्थिहरुलाई साईकल बितरण ।।

तिलोत्तमा ,१ कात्तिक/  तिलोत्तमा नगरपालीका २ मा रहेको दुर्गादत्त उच्च मा.वि तथा शंकरनगर बहुमुखि क्याम्पसमा गरिब तथा जेहेन्दार विद्यार्थिहरुलाई बुधबार साईकल बितरण गरिएको छ । दुर्गादत्त उच्च मा.वि तथा शंकरनगर बहुमुखि क्याम्पसको आयोजना र ख्वाङ्गजु कोरियन बुद्धिज्मको सहयोगमा विद्यालयमा अध्ययनरत २५ जना विद्यार्थिहरुलाई साईकल बितरण गरिएको हो । कार्यक्रमका ख्वाङ्गजु कोरियन बुद्धिज्मका अगुवा किम योङ्ग सेवले अगामी दिनमा विद्यालयको चौतर्फी बिकासका लागि आफनोतर्फबाट हुने सहयोग गर्ने प्रतिवद्धता जनाउनुभयो । विद्यालयका प्राचार्य कृष्णप्रसाद पन्थीले ख्वाङ्गजु कोरियन बुद्धिज्मले विद्यार्थिहरुमा थप हौसला प्रदान गरेको बताउदैे विद्यार्थीहरुलाई साईकल बितरण गरेर विद्यार्थीको शैक्षिक एवं सामाजिक बिकासमा मद्धत पुग्ने बिश्वास व्यक्त गर्नुभयो । विद्यालय ब्यवस्थापन समितीका अध्यक्ष उमानाथ कडेंलको अध्यक्षतामा भएको कार्यक्रममा क्याम्पस सञ्चालक समितीका अध्यक्ष केशव न्यौपाने, संयोजक चन्डीप्रसाद पाण्डे, फप्इल सिनिम, प्रवत्ता गोपाल आचार्य, विद्यालय निर्माण समितीका अध्यक्ष रेश्मीराज पाण्डे, भिक्षु पार्क इमसाङ्ग लगायतले बोल्दै विद्यालयले आफ्नो बिद्यालयमा अध्ययनरत विद्यार्थिहरुकालागि शैक्षिक जीवनस्तर माथि उकास्न लागिपरिरहेको बताउनुभयो ।

बुटवल उद्योग बाणिज्य संघको अधिवेशन सुरु हेरौ केहि तस्विरहरु

गोविन्द वस्नेत टक्कर न्युज असोज २७,बुटवल / बि.स. २०१० सालमा स्थापित बुटवल उद्योग बाणिज्य संघको नयाँ नेतृत्वका लागि दुइ ब्यबसायी राजनीतिक प्यानल सहित चुनावी मैदानमा उत्रिएका छन्। आज विहान ११ वजेवाट बुटवल उद्योग बाणिज्य संघमा सुरु भएको निर्वाचनमा मतदाताको उल्लेखनिय सहभागि रहेको छ आआफ्नो प्यानललाई जिताउन वाहिर प्रचार होडिङर्वोड पर्चा लिएर भोट मागीरहेका छन । कांग्रेसको तर्फबाट खिम बहादुर हमाल र एमालेको तर्फबाट कृष्ण कुमार श्रेष्ठ प्यानल सहित चुनावी मैदानमा उत्रिएका हुन्। आगामी तीन बर्षका लागि संघमा नयाँ नेतृत्व चयन गर्नेछ। हमाल वर्तमान कार्यसमितिका वरिष्ठ उपाध्यक्ष हुन् भने श्रेष्ठ अघिल्लो पटक अध्यक्षमा पराजित भएका थिए। हमालको प्यानलमा उज्जल प्रसाद कसजु वरिष्ठ उपाध्यक्ष, अनिलकुमार श्रेष्ठ उद्योग उपाध्यक्ष, हरि प्रसाद अर्याल वाणिज्य उपाध्यक्ष, दिनेश प्रसाद श्रेष्ठ महासचिव, बिमलराज भट्टराई कोषाध्यक्ष एवं कमल प्रसाद पौडेल सचिव पदका उम्मेद्वार छन्। यस्तै श्रेष्ठको प्यानलबाट बरिष्ठ उपाध्यक्ष जयप्रकाश गुप्ता, उद्योग उपाध्यक्ष शोभाखर पोखरेल, वाणिज्य उपाध्यक्ष, कृष्ण प्रसाद पौडेल, महासचिब बिरेन्द्र केशर जोसी, कोषाध्यक्ष गौरि शंकर गुप्ता र सचिबमा कमला पोखरेलले उम्मेद्वारी दिएका छन्। संघको नयाँ नेतृत्व चयनका लागी। हमालले प्रजातान्त्रिक र श्रेष्ठले प्रगतिशिल ृकम्युनिष्टे प्यानलको नेतृत्व गरेको एक व्यवसायीले जानकारी दिए। २५ सदस्यीय कार्यसमितिमा उद्योगबाट सात र वाणिज्यबाट चार जना खुल्ला सदस्य चुनिन्छन्। यस्तै चार जना महिला र दुई जना एसोसिएट सदस्य निर्वा्चित गर्ने व्यवस्था संघको विधानमा

कपिलबस्तुमा सारसको बच्चा कोरल्ने बासस्थान असुरक्षित

टक्कर न्युज संवाददाता, कपिलबस्तु असोज,२६ / कपिलबस्तुका विभिन्न स्थानमा विश्वमै दुर्लभ मानिने पन्छी सारसको संख्या बढेपनि बच्चा कोरल्ने बासस्थान भने असुरक्षित बन्दै गएको छ । स्याल, गोहोराले पनि सारसको अण्डा खाइदिनथाले पनि सारसको बच्चा कोरल्ने बासस्थान असुरक्षित बन्दै गएको हो । तरपनि सामान्य खतराबाट जोगिन चारैतिर पानी रहेको पोखरीको बीचमा झारपातहरू राखेर उँचो बनाई सारस ओथारो बस्ने गरेका छन् । कपिलवस्तु नगरपालिकाको धरमपनिया, तिलौराकोट पूर्वतर्फ रहेको धान खेत, कुदान, यशोधरा गाउँपालिकाको सिहोखोर, गोटिहवाको पोखरी, निग्लिहवाको नहरका पूर्व धानखेतलगायतका स्थानमा ओथारो बसेका छन । करिब १० किलोसम्म तौल हुने सारस दुर्लभ चरा भएकाले नै वन्यजन्तु संरक्षण ऐन–२०२९ ले संरक्षण गरेको ९ वटा पन्छी प्रजातिमध्ये एक हो । सारस बस्ने ठाउँ वरिपरि सर्पले टोक्ने डर नहुने र बालीलाई नोक्सान पुयाउने शंखेलगायतका किरालाई खाने हुँदा बाली सप्रन सहयोग पुग्ने भएकाले समेत किसानको सारथी मानिन्छ । सारस बस्ने ठाउँ शुभ मानिने हुँदा बालीनाली धेरै फल्ने विश्वास गरिन्छ ।

पत्रकार ऋषि धमला धादिङबाट काँग्रेसको उम्मेदवार !

काठमाडौं । नेपाली काँग्रेसले पत्रकार ऋषि धमलालाई धादिङबाट उम्मेदवार बनाएको छ । रिपोर्टस क्लब नेपालका अध्यक्ष रहेका धमलालाई काँग्रेसले समानुपातिक तर्फको उम्मेदवार बनाएको हो । कांग्रेसले केन्द्रीय कार्यालयमा पठाएको सिफारिसमा ऋषिराज धमला नाम राखेर उम्मेदवार बनाएको छ । प्रतिनिधिसभा क्षेत्र नं २ का तर्फबाट धमलालाई उम्मेदवार बनाइएको हो । यस्ता छन् धादिङ काँग्रेसका उम्मेदवार प्रतिनिधि सभा क्षेत्र नं १ प्रत्यक्षतर्फ –  विश्व अर्याल – देवप्रकाश त्रिपाठी – विदुर अकौलिया प्रतिनिधि सभा क्षेत्र नं १ अन्र्तगत समानुपातिक तर्फ – हरि अधिकारी प्रतिनिधि सभा क्षेत्र नं १ अन्र्तगत प्रदेश सभा क्षेत्र नं १ को प्रत्यक्ष तर्फ – मधुकुमार श्रेष्ठ – बाबुकृष्ण सापकोटा – अर्जुन उप्रेती – रविसुधन थापा प्रतिनिधि सभा क्षेत्र नं १ अन्र्तगत प्रदेश सभा क्षेत्र नं १ को समानुपातिक तर्फ – विरवल राई दनुवार – उर्मिला कडेंल – कलादेवी खतिवडा – बुद्धलक्ष्मी लामा प्रतिनिधि सभा क्षेत्र नं १ अन्र्तगत प्रदेश सभा क्षेत्र नं २ को प्रत्यक्ष तर्फ – कविता इटनी – खिल गिरी – बद्री अर्याल – हरिभक्त त्रिपाठी – प्रभातकिरण सुवेदी प्रतिनिधि सभा क्षेत्र नं १ अन्र्तगत प्रदेश सभा क्षेत्र नं २ को समानुपातिकतर्फ – नन्दलाल श्रेष्ठ – टेकबहादुर प्रजा चेपाङ – सीता उर्मिला थपलिया प्रतिनिधि सभा क्षेत्र नं २ अन्र्तगत प्रत्यक्षतर्फ – रमेशप्रसाद धमला – मा. दिलमान तामाङ

देउवासँग राप्रपाले माग्यो १५ सिट, कुन कुन जिल्ला माग्यो होला ?

काठमाडौं । नेपाली कांग्रेसको नेतृत्वमा बन्न लागेको लोकतान्त्रिक गठबन्धनमा सहभागी हुने सन्दर्भमा राप्रपाभित्र शंसय उत्पन्न भएको छ । कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरवहादुर देउवाले आफ्नो पार्टी फुटाएको पीडा भूल्न नपाउँदै कमल थापा बुद्धिमान तामाङ र दिलनाथ गिरीलाई लिएर बुधवार बालुवाटार बैठकमा सहभागी भए । ६ पार्टीको कार्यदलमा राप्रपाले बुद्धिमान तामाङलाई खटाइसकेको छ । तर पनि कांग्रेसकै कारण पार्टी फुटेको र सरकारमा सहभागी गराउने सन्दर्भमा अपमानित गरेको तुष भने बाँकीनै रहेकाले कमल थापा एमाले र माओवादीका नेताहरुसँग पनि निरन्तर संवादमा रहेको उच्च स्रोतले जनाएको छ । राप्रपाले कांग्रेस नेतृत्वको लोकतान्त्रिक गठबन्धनमा आफ्नो हैसियतबारे पनि प्रष्ट हुनुपर्ने बताएको छ । उसले कांग्रेस, संघीय समाजवादी फोरम र राजपापछिको चौथो हैसियत राप्रपाको रहेको दावी गरेको छ । स्रोतका अनुसार राप्रपाले प्रतिनिधिसभामा १५ र प्रदेश सभामा २५ सिट दावी गरेको छ । बालुवाटार बैठकमा सहभागी राप्रपा नेता दिलनाथ गिरीले कार्यदल बैठकमा सबै पार्टीले आ-आफ्ना दावी पेश गर्ने र कांग्रेस उदार भएको खण्डमा लोकतान्त्रिक गठबन्धनमा राप्रपा सहभागी हुने बताए । ‘अहिले चुनावी तालमेलका लागि शुरुवाती चरणमा छलफल भएको हो ।’ गिरीले थपे, ‘गठबन्धनमा हामी रहने वा नरहने कुरा कांग्रेसमा भर पर्छ, राप्रपामाथि बिगतमा कांग्रेसबाट जुन धोखा भएको छ हामीलाई अझै पनि त्यसले शंसयमा पारेको छ ।’ चुनावी गठबन्धनमा दलहरु सहमत भएपछि सरकार पुनर्गठन हुने सम्भावना रहेको उनले बताए

स्थानिय तहको चुनावमा ‘पपुलर’ भोटमा एमाले पहिलो, कुन पार्टीको कति मत (नतिजा सहित) ?

काठमाडौं । तीन चरणमा गरी देशभरका ७५३ स्थानीय तहमा ३५ हजार ०४१ प्रतिनिधि निर्वाचित भइसकेका छन् ।  वैशाख ३१, असार १४ र असोज ३ गते भएको निर्वाचनमा सबैभन्दा धेरै एमालेका १४ हजार ९८ प्रतिनिधि निर्वाचित भएका छन् । यो प्रमुख÷अध्यक्ष, उपप्रमुख÷उपाध्यक्ष, वडा अध्यक्ष, महिला सदस्य, दलित महिला सदस्य र दुई खुल्ला सदस्यको कुल आँकडा हो । दोस्रोमा नेपाली कांग्रेसका उमेदवार ११ हजार ४५७ उमेदवार विजयी भएका छन् भने तेस्रो स्थानमा रहेको माओवादी केन्द्रका ५ हजार ४४१ उमेदवारले जित हासिल गरे । जसमा प्रतिशतका आधारमा एमालेले ४०.२३ प्रतिशत, कांग्रेसले ३२.६९ प्रतिशत र माओवादीले १५.५३ प्रतिशत उमेदवार विजयी बनाउन सक्यो । कांग्रेसलेभन्दा २ हजार ६०१ बढी उमेदवार विजयी बनाउन सफल एमालेले पपुलर भोट भने ८३ हजार ३०० मात्रै बढी ल्याएको छ । स्थानीय तहको निर्वाचनमा भोट गरिने सबै पदको प्राप्त मतको औसतका आधारमा निकालिएको पपुलर भोटमा एमालेले ३० लाख ६५ हजार ५४० मत पाउँदा कांग्रेसले २९ लाख ८२ हजार २४० मत प्राप्त गरेको छ । कुल खसेको मतमा ९१ लाख २६ हजार ७०४ मत सदर हुँदा एमालेले ३३.५९ प्रतिशत भोट प्राप्त गरेको छ भने कांग्रेसले ३२.६८ प्रतिशत मत प्राप्त गरेको छ । त्यसैगरी तेस्रो स्थानमा रहेको माओवादीले १६ लाख २ हजार ४५० हजार मत प्राप्त गरेको छ । जुन प्रतिशतमा १७.५८ हुन आउँछ

कस्ती निर्दयी बुहारी, आफ्नै ससुरालाई छुरा प्रहार !

प्रेम सुनार गुल्मी, भाद्र–२८ । गएराती गुल्मीको आँपचौरमा बुहारीले ससुरालाई छुरा प्रहार गरेर सख्त घाईते बनाएकी छन् । मुसिकोट नगरपालिका वडा नम्वर ५ आँपचौरको खर्वाङ्ग भन्ने गाउँकी ४० वर्षिया गोमा परियारले ५८ वर्षिय ससुरा तुलबहादुर परियारलाई टाउँकोमा छुरा प्रहार गरेकी हुन् । मजुवा ईलाका प्रहरी कार्यालयका असई रमैया यादवका अनुसार घाईते ससुराको टाउकोमा डेढ ईन्च गईराईको चोट लागेको छ । हिजो रातीनै उनलाई मजुवाको रुद्रवती अस्पतालमा उपचार गर्न ल्याईएको थियो । तस्वीरः घाईते ससुरा तुलबहादुर परियारको हिजो साँझ तुलबहादुरले नतीलाई हप्काउँदै एक दुई थप्पर पनि लगाएको रिसले बुहारीले एक्कासी ससुरालाई टाउँकोमा छुरा प्रहार गरेको असई यादवले जानकारी दिए । अहिले विहान छलफल चलिरहेको उनले बताए । उनको छोरा युद्धविर पनि घरमै थिए । उनिहरु छुट्टिएर अलग अलग बस्दै आई रहेका छन् । गुल्मी न्यूज डट कम बाट साभार ।

जन्म दिने आमाले नै ३ छोराछोरी बेचेपछि …‍….

महमाई – माई नगरपालिका–८, कलकत्तेकी ४ वर्षीया बालिका स्वस्तिका राई बिहान, दिउँसो, बेलुका जुनसुकै...

वाम एकताप्रति माअाेबादी नेता पुन र महरा पनि असन्तुष्ट, के उनले पार्टीलार्इ साथ देलान ?

काठमाडौं । उपप्रधान तथा परराष्ट्रमन्त्रीसमेत रहेका नेकपा माओवादी केन्द्रका नेता कृष्णबहादुर महरा र अर्का...

म अझै गद्दार भैसकेको रहेनछु : प्रचण्ड

२४ असोज, काठमाडौं । एमालेसँग पार्टी एकताका लागि सहमति जनाएका माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले...

प्रचण्ड पिँडामा हुँदा, खुसीहुनेहरुकाे नाममा एउटा मार्मिक लेख ‍…..

मलाइ अचम्म लाग्छ खाली यति हजार र उति हजार मारेको भन्दै मान्छेहरु किन कसैको...

  • Loading…

  • Loading…

  • ©2017 Takkarnews All Rights Reserved...