Friday 24th November 2017

त्रिशूलीमा सवारी दुर्घटनाः ३ वर्षमा ४२ को मृत्यु, १८ बेपत्ता

कात्तिक १२, २०७४/ तीन वर्षयता नारायणगढ–मुग्लिन सडकखण्डबाट बस त्रिशूलीमा खस्दा ४२ को ज्यान गएको छ । नदीमा खसेका १८ को अझैसम्म अत्तोपत्तो छैन । उक्त अवधिमा २९ गाडी त्रिशूलीमा खसेको प्रहरी रेकर्ड छ । उक्त सडकखण्डमा यही अवधिमा भएका सवारी दुर्घटनामा थप ३३ को मृत्यु भएको छ भने ८९ घाइते छन् । असोज १५ गते नारायणगढबाट भैंसी लोड गरी राजधानी जाँदै गरेको ना ७ ख १४५७ नम्बरको ट्रक भरतपुर महानगर–२९ घुमाउने भन्ने स्थानबाट त्रिशूलीमा खस्दा ट्रकका सहचालक वीरगन्ज–३२ का २३ वर्षे काधिर नटको मृत्यु भयो । गएको असार ९ गते भरतपुर महानगरपालिका–२९ कालीखोलास्थित सडकमा पहिरो खस्दा त्रिशूली नदीमा डुबेर तीन यात्रुको मृत्यु भयो । घटनामा एक बेपत्ता भए । प्रहरीका अनुसार यो सडकमा आर्थिक वर्ष २०७३/७४ मा सबैभन्दा बढी सवारी दुर्घटना भए ।, जसमा ४८ ले ज्यान गुमाए । ०७१ चैतयता भएका सवारी दुर्घटनामा ७५ ले ज्यान गुमाएकामा ४२ को त्रिशूलीमा खसेर मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी निरीक्षक सन्तोष पन्तले बताए । ‘सवारी चालकको लापरबाही, सडकको क्षमता, सवारी संख्या वृद्धि दुर्घटनाका कारण हुन्,’ उनले भने, ‘दुर्घटना न्यूनीकरण प्रयास जारी छ ।’ उक्त सडकखण्डमा सवारीमाथि पहिरो खस्दा ५ जनाको मृत्यु भएको ट्राफिक प्रहरीले जनायो । यद्यपि, यस खण्डमा सवारी दुर्घटनाको जोखिम पछिल्लो समय घटेको प्रहरी दाबी छ । ‘साँघुरो र जीर्ण

लौ चिन्हुहाेस् स्थानीय चुनावमा ४०५ मत पाउने मन्त्रीको पार्टी !

२६ असोज, काठमाडौं । महिला, बालबालिका तथा समाजकल्यणमन्त्री भएका कुमार खड्काको पार्टीले स्थानीय निर्वाचनमा मात्रै ४०५ मत ल्याएको छ । ०७० को संविधानसभा निर्वाचनमा समानुपातिकबाट १ सिट जितेर सांसद भएका खड्का पहिलो चरणको निर्वाचन हुँदा महिला तथा बालबालिका तथा समाजकल्याणमन्त्री भएका थिए । त्यसैगरी, पूर्वमन्त्रीसमेत रहेका एकनाथ ढकालको परिवार दलले १ हजार २२० मत ल्याएको छ । अहिले वाम गठबन्धनमा मिसिएका ढकालले गठबन्धनबाट एउटा सिट दाबी गरिरहेका छन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

नेपाल-चीन सीमाका दुई जंगेपिलर गायब, कसले गर्याे हाेला यस्ताे काम ?

गोरखा : नेपाल-चीन सिमानामा पर्ने दुई सीमास्तम्भ गायब भएका छन्। गोरखाको साविक प्रोक गाविसस्थित ३७ नम्बर र चुम्चेत गाविसमा रहेको ३८ नम्बर जंगेपिलर गायब भएको स्थानीयले बताएका छन्। यसअघि प्रोकको तोम भन्ने ठाउँमा सीमास्तम्भ थियो तर अहिले नरहेको स्थानीय बताउँछन्। सिकार खेल्न र यार्सागुम्बा संकलन गर्न जानेले सीमास्तम्भ गायब भएको जानकारी दिएको चुमनुब्री गाउँपालिका-४ प्रोकका अध्यक्ष पेमाडुन्डुप लामाले बताए। ‘पहरामा रातो अक्षरले एकातिर नेपालीमा र अर्कोतिर चिनियाँ भाषामा ३७ नम्बर लेखेर छाडेको छ। सिकारी र यार्सा टिप्न जानेहरू पिलर छैन भन्छन्’ उनले भने, ‘कहाँ हरायो, कहिलेदेखि हरायो, केही थाहा छैन।’ आवतजावत गर्न कठिन ठाउँमा रहेकाले सीमास्तम्भबारे जानकारी पाउन गाह्रो भएको उनको भनाइ छ। साविक प्रोक गाउँपञ्चायतका पूर्वअध्यक्ष छिरिङ लामाका अनुसार तत्कालीन राजा वीरेन्द्रको पालामा सीमास्तम्भ अद्यावधिक गरिएको थियो। ‘सिमाना हेर्न चिनियाँ आएका थिए। साम्दोका बूढाहरू पनि आएका थिए। हामीलाई पनि जाऊँ भनेका थिए’, उनले भने, ‘हामी कोही पनि जान सकेनौं। त्यसपछि खोजतलास पनि गरेनौं। अहिले सिकारीहरू पिलर छैन भन्छन्।’ जंगेपिलर राखिएको ठाउँमा पुग्न तिब्बततिरबाट घुमेर जाँदा तीन दिनभन्दा धेरै लाग्ने उनले बताए। ‘हाम्रोतिरबाट त डोरीमा झुन्डिएर सिकारी मात्र जान सक्छन्। जो पायो त्यही जान पनि सक्दैनन्’, उनले भने, ‘तोम भन्ने ठाउँमा ठूलो चौर छ। उहिलेको घरका गारो पनि छ।’ यो ठाउँमा बाटो खोल्न सके तिब्बती सहर जोङ पुग्न सबैभन्दा छोटो

संसद् कर्मचारीको खाजाखर्च १२ करोड !

२५ असोज, काठमाडौं । ८० प्रतिशत भत्ता खाइरहेका संसद्का कर्मचारीलाई दोहोरो सुविधा हुने गरी दैनिक खाजा भत्ता पनि दिएको भन्दै महालेखा परीक्षकको कार्यालयले बेरुजुमा राखेको १२ करोड रुपैयाँ रातारात फर्स्योट गर्ने प्रयास भइरहेको छ । अर्थ मन्त्रालयको स्वीकृतिविपरीत संसद्को व्यवस्थापन समितिले कर्मचारीलाई ८० प्रतिशत भत्ता र दैनिक (कार्यालयको दिन ६ सय र बिदाको दिन ७ सय ५०) रुपैयाँ खाजा भत्ता दिएको थियो । कर्मचारीलाई दोहोरो सुविधा दिन नमिल्ने भन्दै महालेखा परीक्षकको कार्यालयले कर्मचारीको खाजा भत्तामा बाँडिएको १२ करोड रुपैयाँ बेरुजु निकालेको थियो । यति ठूलो रकम बेरुजु हुने देखेपछि सभामुख ओनसरी घर्तीमगरले महालेखा परीक्षकसँग आफै कुराकानी गरेर बेरुजु फर्स्योट गर्न प्रक्रिया सुरु गरेकी हुन् । आफ्नो स्वीकृतिविपरीत भत्ता बाँडेको भन्दै अर्थ मन्त्रालयले पनि सहमति दिन मानेको थिएन । सभामुख घर्तीले अबदेखि दोहोरो सुविधा नबाँड्ने सर्तमा अर्थबाट सहमति लिई बेरुजु फस्र्योटका लागि महालेखामा पत्राचार गरेकी छन् । ‘अघिल्ला सभामुखको पालामा दिइएको सुविधालाई आफूले निरन्तरता मात्र दिएको र अबदेखि दोहोरो सुविधा नदिने भन्दै महालेखासँग आफैं कुराकानी गरेर सभामुखज्यूले बेरुजु फस्र्योट गरिदिन आग्रह गर्नुभएको छ,’ संसद् सचिवालको उच्च स्रोतले भन्यो, ‘कर्मचारीलाई बाँडिएको रकम अहिले आएर घाँडो बन्न पुग्यो।’ महालेखाले आर्थिक वर्ष ०७१/७२ र ०७२/७३ को खाजा खर्चको १२ करोड बेरुजु निकालेको थियो । संविधान निर्माणका बेला रातदिन खटिनुपर्ने भन्दै तत्कालीन सभामुख सुवास नेम्वाङको

देउवा सरकारद्वारा निर्वाचन सार्ने प्रस्ताव, के ताेकिएकै मितिमा निर्वाचन हाेला त ?

असोज २४, २०७४ काठमाडौं : सरकारले प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचन एकै चरणमा २१ मंसिरमा गर्ने अनौपचारिक प्रस्ताव गरेको छ। प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीमार्फत यस्तो प्रस्ताव राखेका हुन्। तर राष्ट्रपति भण्डारीले निर्वाचन सार्दा गलत सन्देश प्रवाह हुने भन्दै सरकारलाई सचेत गराएकी छिन्। निर्वाचन एकै चरणमा गर्ने प्रधानमन्त्रीको सन्देश लिएर अर्थमन्त्री कार्की शनिबार बेलुकी शीतलनिवास पुगेका थिए। ‘अहिले दलरू आन्तरिक गठबन्धनमा लागेकाले उम्मेदवार चयनका लागि समयको दाबाब परेको अवस्था छ, त्यसैले समानुपातिक र प्रत्यक्षतर्फको उम्मेदवारी मनोनयन दर्ता कम्तीमा पाँच दिन सार्नुपर्ने देखिन्छ, राष्ट्रपतिसमक्ष अर्थमन्त्रीले राखेको प्रस्ताव उद्धृत गर्दै स्रोतले भन्यो, ‘यो अवस्थामा १० मंसिरका लागितोकिएको पहिलो चरणको निर्वाचन स्थगन गरेर २१ गते नै गर्दा कतिको उपयुक्त हुन्छ?’ जवाफमा राष्ट्रपति भण्डारीले सबै दल र निर्वाचन आयोगको सहमतिविना निर्वाचनको मिति सार्दा गलत सन्देश जाने बताएकी थिइन्। सरकारले हिमाली र उच्च पहाडी ३२ जिल्लामा पहिलो चरणमा १० मंसिर तथा अन्य पहाडी र तराईका जिल्लामा २१ गते प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन गर्ने घोषणा गरेको थियो।  नयाँ पत्रिकाबाट

भूकम्प पिडितकाे लागि अायाे खुसीकाे कुरा, जान्नुहाेस के हाे ।

आश्विन २३, २०७४ । भूकम्प पीडितहरुले हाल बनाउदै गरेको घरनै धितो राखी तीन लाख रुपैयाँ निब्र्याजी ऋण पाउने भएका छन् । सोमबार बसेको मन्त्रिपरिषद बैठकले सामूहिक जमानीमा ऋण उपलब्ध गराउने कार्यविधि २०७४ लाई संशोधन गर्दै हाल बनिरहेकै घर धितो राखी ऋण दिन पाउने व्यवस्थाको निर्णय गरेको हो । ‘सामूहिक जमानीमा ऋण दिने व्यवस्थामा बैंकहरुले कर्जा प्रवाह गर्न आनाकानी गरेपछि राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको पहलमा सरकारले उक्त कार्यविधिलाई संशोधन गरी बन्दै गरेको घर समेत धितो राखेर निब्र्याजी ऋण दिने नयाँ प्रावधान लागू गरेको प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत (सिइओ) गोविन्दराज पोखरेलले बताए,’ निर्णयपछि प्राधिकरणद्वारा जारी विज्ञप्तीमा भनिएको छ, ‘राष्ट्र बैंक र बैंक तथा वित्तीय संस्थाका अधिकारीहरुसंग छलफल गरी यो व्यवस्थालाई थप व्यावहारिक बनाइने छ ।’ सरकारले दिने तीन लाख रुपैयाँ अनुदानले घर बनाउन समस्या भएका लाभग्राहीलाई निब्र्याजी ऋणले ठूलो सहयोग पुग्ने उनले बताए । ‘हामीले इजाजत प्राप्त सबै बैंकहरुबाट निब्र्याजी कर्जा प्रवाहलाई प्रभावकारी बनाउन सम्बन्धित निकायलाई समेत भनिसकेका छौ,’ पोखरेलको भनाई उद्धृत गर्दै प्राधिकरणद्वारा जारी विज्ञप्तीमा भनिएको छ, ‘आशा छ पछिल्लो व्यवस्थाले निजी आवास पुनर्निर्माणलाई थप गति दिनेछ ।’ निब्र्याजी रुपमा प्रदान गरी उक्त कर्जाको भुक्तानी लाभग्राहीले बढीमा ५ वर्षसम्ममा तिरिसक्नु पर्ने व्यवस्था छ । ‘यस्तो ऋण उपलव्ध गराउने सम्बन्धमा जानकारी एवं गुनासो सुन्नका लागि सम्बन्धित बैंक वा वित्तीय संस्थाले छुट्टै सम्पर्क अधिकृत तोक्नुपर्नेछ,’

नेपाल सरकारकाे लाचार, नेपालीभूमिमा भारतीयले बनाए बस्ती !

जहदा (मोरङ) । मोरङको जहदा गाउँपालिकामा नेपाली भूमि मिचेर भारतीयले बस्ती बसाएका छन् । जहदा-७ तारेगामास्थित नेपाल-भारत सीमास्तम्भ (जंगेपिलर) पीपी १७४÷पीपी ६२ नम्बरसँगै टाँसेर घर बनाएका छन् । सीमाक्षेत्रमा भेटिएका स्थानीय सञ्जयकुमार साहका अनुसार जनवरीमा नेपाल-भारत संयुक्त टोलीले सीमाक्षेत्रको नापी गरेको थियो । त्यसबेला सीमास्तम्भभन्दा उत्तरतर्फ नेपालीका केही घर हटाइएको भए पनि भारतीय बस्ती भने जस्ताको तस्तै छन् । विराटनगरको रानी भन्सारबाट १७ किलोमिटर दूरीमा पर्छ-तारेगामको उक्त बस्ती । त्यहाँसम्म पुग्न केही कालोपत्रे सडक भए पनि धरैजसो भाग भने कच्ची ग्राभेल पर्छ । दसजगा क्षेत्रसँग जोडिएको चियाखाजा पसलका सञ्चालक नेपाली नागरिक फूलमान साहले भने, ‘यहाँ बडा रामराज्य छ । हामी वारिपारिका मिलेर बस्छौं । कोही सुरक्षाकर्मीको जरुरी नै छैन । को नेपाली र को भारतीय भन्ने भेदभाव हामीबीच छैन ।’ भारततर्फ बिहार राज्यअन्तर्गत अररिया जिल्लाको सोनामनी गोदाम पर्छ भने नेपालतर्फ चाहिँ जहदा गाउँपालिकाको वार्ड नम्बर ७, तारेगामा बजार पर्छ । दुईतर्फ बस्तीको बीचमा केही भाग खाली जस्तो त देखिन्छ तर दसगजा क्षेत्र कहाँ हो भनेर छुट्ट्याउन सक्ने अवस्था छैन । ‘नो म्यान्स ल्यान्ड’ ९निर्जन० भनिने नेपाल-भारत सीमाको दसगजा क्षेत्रमा नेपाल र भारत दुवै देशले दस(दस गज खाली छाड्नुपर्ने हो । जंगेपिलरभन्दा पूर्वपट्टिको भूभागमा भारतले दसगजा क्षेत्र मिचेर पक्की सडक बनाएको छ । अग्लो पारेर सिमेन्ट ढलान गरेर बनाइएको उक्त बाटोका कारण

गोपाल खड्काको अर्को बदमासीः हवाई इन्धनमा तीन करोड घोटाला

२० असोज, काठमाडौं । नेपाल आयल निगमका तत्कालीन कार्यकारी निर्देशक गोपाल खड्काको बदमासीले हवाई इन्धन बिक्रीमा निगमलाई वार्षिक करिब पौने तीन करोड रुपैयाँ अतिरिक्त व्ययभार परेको तथ्य भेटिएको छ ।  इन्धन भण्डारणको जग्गा खरिद गर्दा करिब डेढ अर्ब रुपैयाँ अनियमितता गरेको आरोपमा पदबाट बर्खास्त भएपछि उनको अर्को बदमासी बाहिर आएको हो । नागरिक दैनिकका अनुसार, हवाई इन्धनमा निगम सञ्चालक समितिलाई जानकारी नै नदिई खड्काले आफ्नो मनोमानीमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको इन्धन डिपोमा दिएको लस टार्गेन (चुहावटमा तोकिएको लक्ष्य) ०.६२ प्रतिशतबाट बढाएर ०.८५ प्रतिशत पुर्याएका हुन् । लस टार्गेट सञ्चालक समितिले स्वीकृत दिएपछि मात्र कार्यान्वयनमा ल्याउनुपर्नेमा उनले निगमका डिपो प्रमुखसँगको मिलेमतोमा बढाएका हुन् । विमानस्थलका तत्कालीन डिपो प्रमुख दीपक बराल र प्रकाश श्रीवास्तवले सञ्चालक समितिले दिएको लक्ष्य ०.६२ प्रतिशतभित्रै रहेर काम गरेका थिए । त्यसपछि आएका डिपो तत्कालीन डिपो प्रमुख प्रदीप यादवसँगको मिलेमतोमा खड्काले लक्ष्य ०.२३ प्रतिशतले बढाउँदा निगमलाई वार्षिक ३ लाख ३५ हजार आठ सय लिटर हवाई इन्धन अतिरिक्त खर्च देखाएर घोटाला गरिएको हो ।

एमाले-माअाेवादी एकताले माेदीलार्इ टेन्सन, नेपाल भ्रमण स्थगित !

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र श्रीलंकाली राष्ट्रपति मैत्रिपाल सिरिसेनाको यही महिना अन्तिमका लागि प्रस्तावि नेपाल भ्रमण रोकिएको छ । नेपालमा अप्रत्यासित रुपमा वामपन्थी र प्रजातान्त्रिक शक्तिबीच ध्रुवीकरण भएपछि उत्पन्न परिस्थितिका कारण यी दुई उच्चस्तरीय भ्रमण तत्कालका लागि नहुने भएका हुन् । एमाले र माओवादी केन्द्रबीच निर्वाचनमा तालमेल र पार्टी एकता गर्ने घोषणासँगै शेरबहादुर देउवा नेतृत्वको सरकार परिवर्तन हुन सक्ने चर्चाबीच मोदी र सिरिसेनाको भ्रमण प्रभावित भएको सरकारी स्रोतले जनाएको छ । नयाँदिल्लीस्थित नेपाली राजदूत दीपकुमार उपाध्यायले भारतीय विदेशमन्त्री सुषमा स्वराजसँग बुधबार १५ मिनेट भेटवार्ता गरेका थिए । भेटमा मोदीको प्रस्तावि भ्रमण र नेपालको पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल भएको अन्नपूर्ण पोस्ट दैनिकले लेखेको छ ।

प्रधानमन्त्री देउवाकाे जिल्लाकाे विवाद छताछुल्ल, किन काटियाे आरजु राणाको नाम ?

डडेलधुरा । कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाको गृह जिल्ला डडेल्धुरामा नेपाली कांग्रेसभित्र पुन: चर्को विवाद सुरु भएको छ । स्थानीय तह निर्वाचनमा पार्टीभित्रकै विवादका कारण जिल्ला सदरमुकामको अमरगढी नगरपालिकालगायतका महत्त्वपूर्ण क्षेत्रमा पराजय व्यहोरेको कांग्रेसभित्र निर्वाचन नजिकिँदै जाँदा विवाद चरम उत्कर्षमा पुगेको हो । डडेल्धुरा कांग्रेसका सभापति कर्ण मल्ल पक्षले देउवानिकट मानिने कांग्रेस नेताहरूलाई पार्टी विधान र निर्णयको पटकपटक अवज्ञा गरेको आरोप लगाउँदै कारबाही सिफारिस गरेपछि विवाद चुलिएको हो । पटकपटक पार्टी निर्णयविपरीत काम गर्दै आएकाले कारबाहीको सिफारिस गरिएको मल्ल पक्षले उल्लेख गरेको छ, कान्तिपुरमा खबर छ । मल्ल पक्षले देउवानिकट समानुपातिक सांसद नरभान कामी, पूर्वसभापति रघुवर भट्ट, देउवाका पूर्वस्वकीय सचिव गोविन्द बोहरा, नेविसंघ अध्यक्ष नैनसिंह महर, जिल्ला कार्यसमिति सचिव लक्ष्मी अवस्थी, महिला संघ अध्यक्ष मानकुमारी थापा, परशुराम नगरपालिकाका निर्वाचित प्रमुख भीमबहादुर साउद र भागेश्वर गाउँपालिका प्रमुख कौशीला भट्टलाई कारबाही सिफारिस गरेको हो । यसैगरी, अमरगढी नगरपालिकामा कांग्रेसबाट मेयर पदका उम्मेदवार डिल्ली जोशी, उपमेयर पदका उम्मेदवार पार्वती झुकाल, कांग्रेसका पूर्व जिल्ला सचिव हेमराज चटौत, दलित नेता चन्द्री टमटालगायत १४ जनालाई समेत कारबाही सिफारिस गरेपछि विवाद उत्कर्षमा पुगेको छ । स्थानीय तह निर्वाचनमा अधिकांश क्षेत्रमा अन्तरघातका कारण पार्टीले पराजय व्यहोरेको प्रधानमन्त्री देउवाको गृह जिल्लामा कांग्रेसका दुवै गुटले प्रदेशसभा निर्वाचन र प्रतिनिधिसभा उम्मेदवार पनि बेग्लाबेग्लै सिफारिस गरी केन्द्रमा पठाएका छन् । दुवै पक्षले

जन्म दिने आमाले नै ३ छोराछोरी बेचेपछि …‍….

महमाई – माई नगरपालिका–८, कलकत्तेकी ४ वर्षीया बालिका स्वस्तिका राई बिहान, दिउँसो, बेलुका जुनसुकै...

वाम एकताप्रति माअाेबादी नेता पुन र महरा पनि असन्तुष्ट, के उनले पार्टीलार्इ साथ देलान ?

काठमाडौं । उपप्रधान तथा परराष्ट्रमन्त्रीसमेत रहेका नेकपा माओवादी केन्द्रका नेता कृष्णबहादुर महरा र अर्का...

म अझै गद्दार भैसकेको रहेनछु : प्रचण्ड

२४ असोज, काठमाडौं । एमालेसँग पार्टी एकताका लागि सहमति जनाएका माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले...

प्रचण्ड पिँडामा हुँदा, खुसीहुनेहरुकाे नाममा एउटा मार्मिक लेख ‍…..

मलाइ अचम्म लाग्छ खाली यति हजार र उति हजार मारेको भन्दै मान्छेहरु किन कसैको...

  • Loading…

  • Loading…

  • ©2017 Takkarnews All Rights Reserved...