Monday 25th September 2017

नेपाल आयल निगमका कार्यकारी निर्देशक गोपाल खड्कालाई लाग्ने भयो झड्का !

काठमाडौं / करिब डेढ अर्ब रुपैयाँ घोटाला आरोप लागेका नेपाल आयल निगमका कार्यकारी निर्देशक गोपाल खड्कालाई मन्त्रिपरिषदको बैठकबाट हटाउने प्रक्रिया सुरु भएको छ। आगामि क्याविनेट बैठकमा प्रस्ताब लगेर खड्कालाई कारबाही गर्ने तयारी आपूर्ति मन्त्री शिबकुमार मण्डलले गरेका छन्। निगम सञ्चालक समितिका अध्यक्ष रहेका आपूर्ति सचिव कृष्णप्रसाद देवकोटाले तयार गरेको प्रतिवेदनमा इन्धन भण्डारणको लागि जग्गा खरिदमा कैफियत भएको ठहरसहित कारबाहीको लागि सिफारिस गरेपछि आपूर्ति मन्त्री मण्डल कारबाही गर्ने निष्कर्षमा पुगेका हुन् । ‘मन्त्रालयले तयार गरेको प्रतिवेदन सचिवले प्रधानमन्त्री कार्यालयमा बुझाउनु भएको छ,’ मण्डलले भने, ‘क्याविनेट बसेपछि ठोस रुपमा निर्णय आउँछ । ’ मन्त्री मण्डलले घुमाउरो पाराले अब बस्ने क्याविनेट बैठकबाट हटाउने संकेत गरेका हुन्। उनले निगम नेतृतवलाई कारबाहीको दायरामा ल्याउन तत्कालिन आपूर्ति सचिव प्रेम कुमार राईले असहयोग गरेको बताए। ‘सविचलाई परिवर्तन गरेको रियल हो,’ मण्डलले भने, ‘लुकाउनु पर्ने छैन ।’ ‘दोषी सबैलाई कारबाही हुन्छ,’ उनले भने, ‘निदोर्षलाई दुख दिँदैनौं ।’ ‘एक रुपैयाँ चोरे पनि चोर हो दुई सय रुपैयाँ चोरे पनि चोरै हो,’ उनले भने । खड्काले चितवन, भैरहवा, झापा, सर्लाहीमा जग्गा खरिदमा अनियमिता गरेको ठहर गर्दै कारबाहीको लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोग, आपूर्ति मन्त्रालयलाई सिफारिस गरेको थियो । सोमबारको उद्योग वाणिज्य तथा उपभोक्ता हित सम्बन्ध समितिले चार गुणा महंगो मूल्य तिरेर अनियमितता गरेको प्रतिवेदन पारित गरिसेकेको छ । सो समितिको

रुरु मिलन केन्द्र रुपन्देहीले बाढीप्रभाबितका लागि राहत प्रदान

बुटवल / रुरु मिलन केन्द्र रुपन्देहीले बाढीप्रभाबितका लागि राहत प्रदान गरेको छ । बुटवल उपमहानगरको प्रकोप ब्यबस्थापन कोषमा २५ हजार ५ सय ५५ रुपैंया हस्तान्तरण गरेको हो । उक्त रकम बुटवल उपमहानगरपालिकाको उपप्रमुख गोमा आचार्यलाइ केन्द्रका अध्यक्ष राधा ज्ञवालीले हस्तान्तरण गर्नुभएको हो । गुल्मीको रुरु गाउपालिकामा जन्म तथा कर्म भइ हाल रुपन्देहीमा बसोबास तथा कर्मगर्नेहरुको बिचमा आपसी भाइचारा,सम्बन्ध स्थापित तथा सामाजिक सेवा गर्ने उद्धेश्य सहित भदौ १ गते स्थापना भएको रुरु मिलन केन्द्रले तीजमा दरखाने कार्यक्रममा संकलित रकमलाइ बाढि प्रकोप पिडितका नाममा नगरमा स्थापित प्रकोप ब्यबस्थापन केन्द्रलाइ हस्तान्तरण गरेको हो । केन्द्रकी अध्यक्ष राधा ज्ञवालीको अध्यक्षतामा भएको राहत हस्तान्तरण कार्यक्रममा बोल्दै बुटवल उपमहानगरकी उपप्रमुख गोमा आर्चायले कोषमा संकलित रकमलाइ बास्तबिक पिडितसमक्ष पुर्याउने बताइउनुभयो । कार्यक्रममा घरेलु तथा साना उद्योगकी महिला संयोजक मन्जु भुसाल ,केन्द्रकी उपाध्यक्ष शान्ता बराल,कोषाध्यक्ष तथा कार्यक्रम संयोजक अनुपमा श्रेष्ठ,सचिब जमुना सुबेदी ,प्रेस सल्लाहकार कपिल ज्ञवाली,कर्तब्य नेपालका अध्यक्ष कृष्ण पौडेल,बिहानी मिलन केन्द्रका अध्यक्ष सोभाखर पोखरेल,कृष्ण कदम नेपालकी इन्दिरा आचार्य,रेडियो मुक्तीका स्टेशन म्यानेजर कल्पना तिवारी लगायतले बोलेका थिए ।

कम्पनिहरुले उत्साहजनक बित्तिय बिवरणका साथ उत्कृष्ट लाभाँश प्रदान गर्दा पनि बजार किन अलमलमा ? (रोहन शर्माको ब्लग)

राेहन शर्मा मात्र “The show must go on” भनेझैं चलिरहेको छ यहाँको सेयर बजार ! खै जिम्मेवारीपन ? मिडियाहरु जानेर वा नजानेर TRP बढाउन, पहिलो हुन र फरक प्रस्तुती दिन मनगढन्ते कुरा , गलत समाचारको सहारा लिन्छन्। केहिदिन अगाडीको कुरा हो एकाबिहानै एउटा अनलाईन मिडियाले लेख्यो “यस कारण आज सेयर कारोबार नहुने” लिन्क भित्र गएर हेर्दा लेखिएको थियो “आज निजामती दिवस , देशभरका निजामती कर्मचारीको बिदाको कारण सेयर कारोबार पनि बन्द हुनेछ!” उक्त पोर्टललाई निजामतीको अर्थनै थाहा रहेन छ। सामाजिक सँजालमा धेरैले गाली गरे। त्यस्तै एउटा पोर्टलले साधारण सभालाई ” आज NIC ASIA को बार्षिक उत्सब” भनेर लेखिदियो ! बजारमा खुलेआम ईन्साईडर ट्रेडिङ हुँदा नियामक मुकदर्शक बनेर बस्छ । लगानिकर्ता टुलुटुलु हेरेर बस्नुको बिकल्प छैन। गत हप्ता ईन्भेष्टमेण्ट बैंकको गलत सुचना प्रवाहलाई लिएर के कारवाही भयो? कारवाही भयो या भएन केहि सुनिएन। लगानिकर्ताको हक र हितको लागी भनेर खुलेका ईन्भेष्टर फोरमहरु जब बजार घट्छ अनि मात्र दुलो बाट निस्केर बिज्ञप्ती छाप्छन्। लाग्छ बजार बढाउनु मात्रै उनिहरुको अन्तिम उदेश्य हो र यस बाहेक उनिहरुको कुनै जिम्मेवारी छैन। बजारको निरन्तर गिरावटपछी हिजो ईन्भेष्टर फोरमले प्रकाशित गरेको बिज्ञाप्ती यसैको उदाहरण हो। सँयोगबस झिनो अँकले बजार सकारात्मक हुँदा बजार बढ्नुको श्रेय उक्त बिज्ञप्तीलाईनै दिए कतिपय मिडियाहरुले। प्राय लगानिकर्ता आफुले सेयर बेचिसकेपछी अब बजार घट्छ

दशैंमा घर जाँदै हुनुहुन्छ, गाडी भाडा बढेकाे छैन । सेयर गरेर सबै सामु पुर्याउनु हाेला ।

काठमाडौं / भोलि मंगलबारदेखि दशैंको लागि सार्वजनिक सवारी साधानको अग्रीम टिकट बुकिङ खुला हुँदैछ । दशैंमा राजधानीबाट आफ्नो घर फर्किनेहरुले बसको टिकट काट्न ब्यग्र प्रतिक्षा गरिरहेका छन् । त्यसैले टिकट खुल्नासाथ काठमाडौंका कोटेश्वर, गौशाला, नयाँ बसपार्क, कलंकी, बल्खु, पुरानो बसपार्क, सुन्धारा लगायतका स्थानमा रहेका बस काउन्टरहरुमा ठूलो भीड लाग्ने निश्चित नै छ । एकै समयमा धेरै यात्रुले काठमाडौं छाड्ने भएकाले यो समयमा पहिले नै टिकट काट्ने प्रचलन चलिहरहेको छ । तर, अग्रिम टिकट काट्दा पनि यात्रुले बढी भाडा तिनुपर्ने समस्या निकै चर्किन्छ । तोकिएको भाडाभन्दा बढी अशुल्न धरै यातायात व्यवसायीहरु अग्रसर हुने भएकाले यात्रु आफैं पनि भाडाबारे जानकार हुनुपर्छ । नभए काउन्टर बाहिर भेटिने दलालहरुले तपाईंलाई ठग्न सक्छन् भने ब्ल्याकमा टिकट किन्ने चक्करमा लाग्दा ठूलो रकम खर्चनुपर्ने स्थिति आउन सक्छ । त्यसैले आफू जाने स्थानसम्मको भाडादरबारे पूर्व जानकारी राखेर टिकट काट्न जान यातायात व्यवस्था विभागले सबैलाई अनुरोध गरेको छ । बढेको छैन भाडादार यातायात व्यवस्था विभागले इन्धनको मूल्य घटेसँगै गत माघमा सार्वजनिक सवारीको भाडा घटाएको थियो । तर, अहिले पनि त्यसअघिकै भाडादरमा रकम अशुल्ने क्रम रोकिएको छैन । त्यसैले भाडादरबारे यात्रुहरु पनि जानकार रहनुपर्ने विभागका प्रवक्ता टोकराज पाण्डेले बताए । ‘यात्रुले आफ्नो ठाउँ पुग्ने भाडा कति हो भनेर जानकारी राख्नुपर्छ । बढी भाडा उठाउन खोज्नेलाई प्रोत्साहित गर्नु हुँदैन’ प्रवक्ता पाण्डेले

चुनाव खर्च जुटाउन सुन तस्करी, कुन पार्टीको होला आफै अनुमान लगाउनुहोस् ।

काठमाडौं । सरकार स्थानीय तहको निर्वाचन मिति घोषणाको गृहकार्यमा सक्रिय रहेका बेला राजधानीमा तस्करीको सुन बरामद हुने क्रम ह्वात्तै बढ्यो । लामो समयदेखि निर्वाचन चर्चामै समेटिएको थियो । गत पुसमा नेपाली कांग्रेस, एमाले र माओवादी केन्द्रका नेता निर्वाचनका लागि सहमत भएसँगै मिति घोषणाको गृहकार्य सुरु भयो । यहीबीच राजधानीमा भटाभट तस्करीका सुन बरामद हुन थाल्यो । सुरक्षा निकाय र निर्वाचन आयोग निर्वाचनको तयारीमा जुटेकै बेला पुस १३ मा थानकोटमा ७ किलो सुन फेला प¥यो । सो सुनको अनुसन्धान सकिएकै थिएन पुस २१ मा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले त्रिभुवन विमानस्थलबाट बाहिरिएको साढे ३३ किलो सुन फेला पा¥यो । जसले राम्रै तरंग ल्यायो । सरकारले आयोगलाई २०७४ वैशाख अन्तिमसम्म निर्वाचन गर्ने गरी तयारी थाल्न निर्देशन दियो । सुन बरामद हुने क्रम रोकिएन । माघ १ मा चमतीमा १५ किलो सुन बरामद भयो भने फागुन ८ मा विमानस्थलमा डेढ किलो र चैत ७ मा रसुवामा ७ किलो सुन बरामद भयो । स्थानीय तहको पहिलो र दोस्रो चरणको निर्वाचन सम्पन्न भई तेस्रो चरणको निर्वाचन तयारीकै बेला भदौ १५ मा १५ किलो र १९ मा ८८ किलो सुन फेला प¥यो । प्रहरी अधिकारीहरू तस्करी भएको सुन मुस्किलले १० प्रतिशत मात्रै बरामद हुने स्विकार्छन् । ९० प्रतिशत उनीहरूको पहुँचबाहिरै रहन्छ । राजनीतिक दलका लागि निर्वाचन सबैभन्दा खर्चिलो

नेपालमा पनि कस्ता कस्ता व्यवसायी भेटिन्छन ! बसमा छत राख्न पाउनुपर्ने भन्दै बस व्यवसायीले दशैंको लागि टिकट बुकिङ खोल्न मानेन् ।

काठमाडौं । यातायात व्यवस्था विभागले भदौ २२ गतेबाट खुलाउने भनेको मध्य र लामा दुरीको अग्रिम बुकिङ्ग टिकट खुल्न नसक्दा दशैंका बेला राजधानी बाहिरिने यात्रुहरु मर्कामा परेका छन् । व्यवसायीहरुले बसमा छतको व्यवस्था नभएको र नारायण–मुग्लिन सडक खण्ड तत्काल मर्मत, सम्भार हुनुपर्ने मुख्य माग राख्दै अग्रिम बुकिङ्ग टिकट नखुलाएका हुन् । “बसमा छत राख्न पाउनुपर्छ र नारायण–मुग्लिन सडकको मर्मत, सम्भार गरी हालको अवस्था तत्काल सुधार नगरी टिकट खुलाउन सकिँदैन ।” नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले भने । यता यातायात व्यवस्था विभागले उक्त सडकखण्ड तत्काल मर्मत, सम्भारका लागि सडक विभागको ध्यानाकर्षण गराएको बताएको छ । छतका हकमा भने विभागले प्रतिव्यक्ति २० केजी तौल बराबर सामग्रीमात्र बसभित्रै ढुवानी गर्नुपर्ने बताउँदै आएको छ । विभागको यस्तो निणर्य आफूहरुलाई स्वीकार्य नभएको व्यवसायीहरु बताउँछन् । “दशैंको बेला घर जान लागेका यात्रुको प्रतिव्यक्ति २० केजी सामग्री मात्र हुँदैन, यात्रुहरुकै सेवा, सुविधाका लागि हामीले बसमा छत राख्न पाउने माग गरेका हौं,” महासचिव सिटौलाले भने । व्यवसायीका अडानका कारण अग्रिम बुकिङ्ग टिकट समयमै खुल्न नसक्दा राजधानी बाहिरिने विद्यार्थी र सर्वसाधारण मर्कामा पर्ने निश्चित भएको छ । “११ गते घर जानुपर्ने टिकट नै पाइरहेको छैन,” रत्नराज्यलक्ष्मी क्याम्पसमा अध्ययनरत भरत पौडेलले भने, “यसअघिका दशैंमा पनि व्यवसायीहरुले दशैंका मुखमा आएर आफ्ना विभिन्न माग अघि सार्दै टिकट नखुलाउँदा हामीलाई सास्ती हुँदै

सानो गल्तीले अरबौ स्वाहा ! इन्भेष्टमेन्ट बैंकले कहिले सिक्ने ?

काठमाण्डौ । नेपाल इन्भेष्टमेन्ट बैंकले टाइप मिस्टेक भन्दै गलत सूचना प्रवाह गर्दा यसले बजारमा हलचल पैदा गरिदियो । यो प्रकरणलाई सामान्य भन्दै तोडमोडको प्रयास भइरहँदा जिम्मेवार अधिकारीहरुको एउटा सामान्य गल्तीले कम्पनी नै कसरी ध्वस्त हुन्छ भन्ने उदाहरण चीनमा भेटिएको छ । सन् २०१५ सम्म चीनकै सर्वाधिक धनी व्यक्तिको रुपमा रहेको ली हेजुनले कम्पनीको वार्षिक साधारणसभामा उपस्थित नभएकै कारण अर्बौ सम्पत्ति मात्र गुमाएनन्, चीनको सर्वाधिक धनीबाट समेत तल झर्नुपरेको छ । अदालतले समेत गैरजिम्मेवारीपन देखाउने उनीविरुद्ध कडा फैसला सुनाएको छ, तर कानून कमजोर रहेको हाम्रो मुलुकमा भने इन्भेष्टमेन्ट बैंकमाथि कुनै कारबाही नहुन पनि सक्छ । हेजुनको एउटा सानो गल्तीका कारण उनको नाममा रहेको चीनकै सबैभन्दा धनी व्यक्तिको उपाधि समेत खोसिएको छ । यति मात्र होइन, उनलाई हङकङको विजिनेश दुनियाँमा आगामी ८ वर्षका लागि प्रतिबन्ध समेत लगाइएको छ । ३० मिनेटमै २.८ लाख करोड स्वाह  हेजुन सोलार पावर बनाउने कम्पनी हेनर्जी थिन फिल्म पावर गु्रप लिमीटेडका संस्थापक हुन् । अप्रील २०१५ मा उनको कम्पनीको बजार पूँजीकरण ४० अर्ब डलरको थियो । तर, २०१५ मई महिना उनका लागि भयावह बनिदियो । खासमा हङकङमा व्यापार गर्ने समयमा बजार बन्द हुने अन्तिम ३० मिनेटको समयमा उनको कम्पनीको सेयर मूल्यमा ५० प्रतिशतको गिरावट आयो र यो क्रममा हेजुनको २।८ लाख करोड डूूब्न पुुग्यो । ‘सानो गल्ती’ले

अनुगमनको विरोध गर्दै दरवारमार्गका व्यवसायी आन्दोलन !

२१ भदौ, काठमाडौं । गत १९ गते सरकारले दरबारमार्ग एरीयामा बजार अनुगमन गर्ने शिलशिलामा बस्तुको अत्यधीक मूल्य राख्दै ठगी गरेको आरोपमा दरबारमार्गका केही पसलमा शीलबन्दी गरेको विरोधमा दरवारमार्गका व्यवसायी पसल बन्द गरेर प्रदर्शनमा उत्रिएका छन् । बुधबार पनि अनुगमन टोलीले केही पसलहरुमा सिलबन्दी गरेपछि व्यवसायी विरोधमा उत्रिएका हुन् । 

दशैं तिहार अगाडी सेयर बजारमा कुनै जादु होला भन्ने नसोचे पनि हुन्छ : (रोहन शर्माको ब्लग)

“श्रावण/भाद्र बाली भित्राउने समय भन्थे, न असिना पानी, न त कुनै प्रकोप, सिजनमा पनि बाली फस्टाउनै सकेन त !” “सिजनमा पनि बढ्न नसकेको देख्दा अब त बढ्ला भन्ने आसै छैन!” “सेयर बजारमा चैत/बैशाख बाली लगाउने श्रावण/भाद्र भित्राउने भन्थे, न असिना पानी, न त कुनै प्रकोप सिजनमा पनि बाली फस्टाउनै सकेन त! “नाफा भएन प्रफिट बुक गर्नु, स्टप लस गर्नु भन्ने भुतले त झन् नराम्रोसँग डुबाउने भो !” पछिल्लो समय बजारमा यस्तै यस्तै कुराहरु सुनिन्छ्न्। मनन गर्नैपर्ने केहि तथ्यहरु; सबैले चैत्र बैशाखमा किन्ने अनि श्रावण भाद्रमै बेच्ने भए श्रावण भाद्रमा किन्ने चैं कसले। सेयर बजारमा प्रबृतीहरु सँधै एकैनास हुँदैन, प्रबृती फेरीई रहन्छ, नयाँ नयाँ प्रबृती देखा परीरहन्छ। तसर्थ बजार प्रवेश गर्नेले पहिलेनै सबै प्रकारको अवस्थाको सामना गर्ने मनस्थिती बनाउनु जरुरी छ। बजार बढ्दा खरिदको लागी आज नै अन्तिम दिन हो भन्ने सम्झनेनै घट्दा पनि बिक्रीको लागी आजै अन्तिम दिन हो भन्ने सम्झन्छन्। अनि उल्टो चाल चल्छन्, फलत नकारात्मक मनोबिज्ञान हावी हुँदा कुनै ठोस कारण बिनानै बजारमा तिब्र उतार चढाव हुने गर्दछ । ज बजार घट्दा डराएर घाटामा बिक्री गर्नेले नै हो भोली बजार अस्वभाबिक रुपमा बढ्दा हौसिएर खरिद गर्ने। घट्दा डराएर बेच्नेले कहिले पनि सस्तोमा सेयर खरिद गर्न सक्दैन। सेयर बजारबाट नाफा कमाउनु भनेको उसको लागी आकाश को फलझैं हुन्छ । बजार

पौरखी किसानले गाउँमै कमाउँछन् ५ लाख

डडेल्धुरा :  अमरगढी नगरपालिका ३ का महेशराज बोहरा कृषि व्यवसायमा लागेको ४ वर्ष भयो। उनले ८ रोपनी जमिन भाडामा लिएर कुखुरापालन, तरकारी खेती र माछापालन गर्दै आएका छन्। कुखुरा, माछा र तरकारी बिक्री गरेर एक वर्षमा पाँच लाख भन्दा बढी आम्दानी गर्छन्। गाउँमै कृषि व्यवसाय गर्नुअघि बोहराले दुई पटक विदेश जाने प्रयास पनि गरे। तर विदेशमा चित्तबुझ्दो काम नपाइने थाहा पाएपछि आफ्नै गाउँमा केही गर्ने सोँच बनाए। ५ वर्षअघि विदेश जान राहदानी (पासपोर्ट) बनाएर केही म्यानपावर समेत धाएका उनी अहिले कृषि पेशामा लागेर विदेशमा भन्दा राम्रो आम्दानी गर्न सफल छन्। २०६१ सालमा डडेल्धुरा सदरमुकामको महेन्द्र उच्च माविबाट एसएलसी पास गरेका बोहराले उच्च मावि पनि त्यहीँ पढे। तर घरायसी कारणले पढाइ अघि बढाउन सकेनन्। पढाइ छाडेर घरकै काममा व्यस्त भए। घरमा कृषि पेशा गरेर गुजारा नचल्ने देखेपछि उनले विदेश जाने सोँच बनाए। विदेश जान भनेर उनले काठमाडौंको म्यानपावरमा पासपोर्ट बुझाए र अन्तर्वार्ता पनि दिए। अन्तर्वार्ताकै क्रममा विदेशमा गर्नुपर्ने कामबारे थाहा पाएपछि उनलाई जान मन लागेन। ‘विदेश जाने भनेर दुई चोटी काठमाडौं गएर अन्तर्वार्ता दिएँ’ बोहराले भने, ‘विदेशमा गएर चर्पी पनि सफा गर्नुपर्छ भन्ने थाहा पाएपछि मेरो मानसिकता परिर्वतन भयो।’ विदेशमा गएर शौचालय सफा गर्नु भन्दा आफ्नै माटोमा केही गर्ने अठोट लिएर डडेल्धुरा फर्किए। काठमाडौं आउँदा जाँदा उनले चितवनमा कुखुरा फार्म देखेका

अखण्ड पार्टी छोडेर स्वतन्त्र वसेका हरी क्षत्री अव कता जालान ?

बुटवल ,असार ०३ । पछिल्लो समय स्थानीय निकायको चुनाव नजिकिदै गएको अवस्थामा एउटा पार्टी...

पिपलधाराका अधिकांश युवा साझा पार्टिमा प्रवेश

बुटवल ८ चैत / विविसी नेपाली सेवावाट राजिनामा दिए लगत्दै साझा पार्टि खोलेका रविन्द्र...

प्रेमको रहस्य खुलेपछि कक्षा ६ मा पढ्ने बालिकाले गरिन अात्महत्या (पत्रमा के थियो पुरा पढ्नुहोस्)

‘समीर म तिमिलाई माया गर्छु, ‘आई लभ यू सो मच एण्ड मिस यू सो...

रातारात बिद्यार्थी भर्ना गर्न खोजेको भन्दै बुटवल बहुमुखीमा झडप ३ जना घाइते

बुटवल, २९ माघ / बुटवल बहुमुखी क्याम्पसमा बिद्यार्थी संगठनबिच गएराती झडप भएको छ ।...

  • New title for a=>html, img=>alt
  • New title for a=>html, img=>alt
  • New title for a=>html, img=>alt
  • New title for a=>html, img=>alt
  • ©2017 Takkarnews All Rights Reserved...