Friday 24th November 2017

नेपाली काँग्रेसको नयाँ गित वजारमा

वुटवल,७ मंसिर | सुनसुन साथी हाम्रो देव्रे छाती छातीभीत्र मुटु मुटुभीत्र नेपाली काँग्रेु पार्टी यो शव्द सुन्न वित्तीकै साच्चै यति आनन्द आउछ एकोहोरो भएको मान्छेलाई पनि एकाएक स्फुर्ति लाईदिन्छ । चुनाव नजिकिए सङगै नेपाली गीत संगीतका हस्तिहरुकै सहकार्यतामा अर्को उत्कृष्ट काँग्रेस चुनावी गीत “सुन सुन साथी”बजारमा आएको छ । चर्चित सर्जक एकनारायण भण्डारीको उत्कृष्ट लय तथा शब्द सृजनामा बजारमा आएको गीतमा बहुचर्चित गायक तथा सर्जक बिमलराज क्षेत्री र गायिका ऋतु थापाको आवाज रहेको छ । बिमल राज क्षेत्रीकै म्यूजिक कम्पनी प्रसान्ति डिजिटल मार्फत बजारमा आएको गीतमा अभिनय राजु केसी र सृजना क्षेत्रीको रहेको छ । कुमार केसीको निर्देशनमा तयार पारिएको म्यूजिक भिडियोको छायांकन अजय रेग्मीले गरेका हुन् । प्रविन भट्टको सम्पादनमा तयार पारिएको भिडियो अहिले चर्चामा छ।गीत नेपाल बिद्यार्थी संघका केन्द्रीय महामन्त्री कुन्जनराज काफ्लेको रहेको छ। नेविसंघकै केन्द्रीय सदस्य शैलेन्द्र शर्मा गौडेलले गीत निर्माणको कार्यमा व्यवस्थापन गरेका छन्।

सबैलाई मिलाएर लैजाने पार्टी काँग्रेस : रज्जाक

देवदह, ६ मंसिर / खानेपानी तथा सरसफाई राज्यमन्त्री तथा प्रतिनिधि सभाको रुपन्देही क्षेत्रनम्वर एकका उम्मेदवार अब्दुल रज्जाकले सबैलाई मिलाएर लैजाने पार्टी नेपाली कांग्रेस नै भएकाले लोकतान्त्रिक गठबन्धनलाई विश्वास गर्न आग्रह गर्नुभयो । हिमाल, पहाड, तराईसबैको पार्टी कांग्रेस भएकाले कांग्रेसको जित सुनिश्चित भएको उहाँको दावी छ । रुपन्देही क्षेत्र नम्बर एकको रोहिणी ५ र ६ तथा देवदह १० मा भएको घरदैलो कार्यक्रमपछि भएका भेलालाई सम्वोधन गर्दै कांग्रेस रुपन्देही सभापति समेत रहनुका रज्जाकले मधेशि, जनजाती, दलित, गरिव, मुस्लिमसबैलाई अटाएको पार्टी कांग्रेस भएकाले कांग्रेसलाई विश्वास गर्न आग्रह गर्नु भएको हो । घरदैलो कार्यक्रममा रुपन्देही १ को प्रदेश सभा सदस्यका उम्मेदवार हरि न्यौपानेले आफ्नो गाँउठाँउको विकास गर्न बाहिरी जिल्लाबाट आएकाले केही गर्न नसक्ने भन्दै स्थानिय नेता तथा कार्यकर्तालाई मत दिन आग्रह गर्नुभयो । यस्तै अर्का प्रदेश सभा सदस्यका उम्मेदवार ताहिर अलिले विकास र समृद्धिका लागि कांग्रेसले दशकौंदेखि योजनाहरु ल्याएको बताउदै कांग्रेसको विजयीले मुलुकलाई समृद्ध बनाउने कुरामा कुनै दुईमत नरहेको बताउनुभयो । कार्यक्रममा निर्वाचन परिचालन तथा प्रचार प्रचार संयोजक तथा क्षेत्रीय सभापति हिराबहादुर खत्री, प्रचार संयोजक बासुदेव रिमाल, एकबहादुर सुनार, तिकाराम सिंह, बैजनाथ साहनी लगायतले लोकतान्त्रिक गठबन्धनलाई जिताउनु पर्नेमा जोड दिनुभयो ।

भैरहवा क्षेत्रको घर–घरमा बिकासको सचांर गराए ः मन्त्री बोहोरा

रुपन्देही भैरहवा, ६ मसिंर /  स्वास्थ्य मन्त्री एवं सयुक्त लोकतान्त्रिक गठबन्धन रुपन्देही क्षेत्र नं ३ का प्रतिनिधी सभाका उम्मेदवार दिपक बोहोराले आफु बिकास प्रेमी नेता भएको र आफ्नो कार्यकालमा भैरहवा क्षेत्रको घर घरमा बिकासको सचांर गराएको बताउनु भएको छ् । बोहोरा दोस्रो सविधान सभा निर्वाचनमा रुपन्देही क्षेत्र २ (हाल प्रदेश सभा १) बाट निर्वाचित हुनु भएको थियो । आफु निर्वाचित भएपछि सावि कको क्षेत्र अन्तरगर्त रहेका ८५ बटै बडामा बिकासको केहिन केही काम गरेको उहाँले बताउनु भयो । सयुक्त लोकतान्त्रिक गठबन्धन सिद्धार्र्थनगर १२ को प्रचार कार्यालयको बुधवार उदघाटन गर्दै उहाँले निर्वाचित भएपछि सासंद बिकास कोष, राष्ट्रिय बजेट तथा गैर सरकारी संस्था मार्फत आफ्नो क्षेत्रमा बिकासको सचांर ल्याउन सफल भएको दावी गर्नु भयो । आफु निर्वाचित हुनु भन्दा पहिला सिद्धार्थ नगरपालिकामा एकीकृत शहरी बिकास आयोजनामा ८० करोडको मात्र बजेट रहेकोमा पछि दातृनिकायसगं परामर्श गरी अनुदान बढाएको समेत उहाँले बताउनु भयो । निर्वाचीत भएपछि बडा तथा क्षेत्रहरुमा आफुले देिखने र परिवर्तन हुने गरी बिकास गरेकाले त्यो आधारमा पनि यसपटक जनताले आफुलाई बिस्वास गर्ने उहाँको भनाई थियो । सयुक्त लोकतान्त्रिक गठबन्धन क्षेत्र नं ३ प्रदेश सभा १ तर्फ नेपाली काँग्रेसका उम्मेदवार देवि प्रसाद चौधरीले बामगठबन्धनले लोकतान्त्रिक गठबन्धनलाई कमजोर पार्न भ्रमहरु छरिरहेको बताउनु भयो ।

कांग्रेसले सहज बहुमत ल्याउछ : नेता खाँण

रुपन्देही, ६ मंसिर  / नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा प्रतिनिधि सभा एवम् प्रदेश सभा निर्वाचन २०७४ को केन्द्रीय परिचालन समितिका संयोजक बालकृष्ण खाँणले आसन्न निर्वाचनमा नेपाली कांग्रेसले सहज बहुमत ल्याउने दावी गर्नुभएको छ । नेपाली कांग्रेसले गठन गरेको प्रतिनिधि तथा प्रदेश सभा निर्वाचन २०७४ केन्द्रीय निर्वाचन परिचालन समितिको आयोजनामा बुधबारकाठमाण्डौको होटल समिटमा आयोजित “नेपाली कांग्रेसको घोषणापत्रका आर्थिक पक्ष”का बारेमा अर्थ विज्ञ र सञ्चारकर्मीहरुको अन्तरक्रिया कार्यक्रमलाई संबोधन गर्दै उहाँले सो दावी गर्नुभएको हो । उहाँले यो निर्वाचनमा नेपाली कांग्रेसले प्रतिनिधिसभाका १ सय ६५ सीट मध्ये १ सय ५३ मा आफ्ना उम्मेदवार उठाएको र प्रदेश सभाका ३ सय ३० मध्ये ३ सय २० सीटमा आफ्ना उम्मेदवार उठाएको बताउदै प्रतिप्रश्न गर्नुभयो,“जुन पार्टीहरुले जम्मा ६० प्रतिशत र ४० प्रतिशत सीटमा उम्मेदवारी दिएका छन, तिनले कसरी बहुमत ल्याउन सक्छन ?” उहाँले यो निर्वाचनमा कम्युनिष्ट गठबन्धनको विरुद्धमा नेपाली कांग्रेस एकजुट भएको उल्लेख गर्दै निर्वाचन परिचालनलाई पनि सुब्यवस्थित गरिएको बताउनुभयो ।

मुलुकको सम्बृद्धिका लागि लोकतान्त्रिक गठबन्धनलाई जिताऔ : मल्ल

बुटवल ६ मंसिर / नेपाली काँग्रेस रुपन्देही जिल्ला क्षेत्र नम्बर ३ ुखु का प्रदेश उम्मेदवार हरिध्वज मल्लले मुलुकलाई सम्बृद्ध बनाउनका लागि लोकतान्त्रिक गठबन्धनको विजय आवश्यक रहेको बताउनुभएको छ । रुपन्देहिको विकास अहिलेसम्म वालकृृष्ण खाँण र दिपक वोहोराले मात्र गरेको हुनाले वाकी रहेका विकास निमार्णका काम पुरा गर्नका लागि पनि लोकतान्त्रिक गठवन्धनलाई विजयी गराउनुपर्ने वताउनुभयो । सुद्घोधन गाँउपालिका वार्ड नम्बर ६ र ७ को लोकतान्त्रिक गठवन्धनको सम्युत्त प्रचार प्रसार कार्यालय तथा घरदैलो कार्यक्रममा मल्लले अवको ५ वर्षमा नमुना क्षेत्र वनाउने उदघोष गर्नु भएको छ । कार्यक्रममा नेपाली काँग्रेस रुपन्देहीका पुर्व पार्टी सभापति रामचन्द्र ढकाल, नेपाली काँग्रेस रुपन्देहीका सचिव रामकृष्ण खाँण, नेपाली काँग्रेसका समानुपातिक उम्मेदवार वलदेव शर्मा,रमा अर्याल लगायतले वाोल्नुभएको थियो ।

रुपन्देहिमा सयौ नेता कार्यकर्ता काँग्रेशमा प्रबेश

रुपन्देही बुटवल, ५ मसिंर| नेपाली काँग्रेस केन्द्रीय निर्वाचन परिचालन कमिटीका सयोंजक बालकृष्ण खाणँले आगामी प्रतिनिधी सभा र प्रदेस सभा निर्वाचनमा नेपाली कँग्रेसको बहुमत आउने दावी गर्नु भएको छ । लोकतान्त्रिक गठबन्धन समावेश अरुदलहरुको बाहेक काँग्रेसको मात्रै ८२ सिट आउने उहाँले बताउनु भयो । सयुक्त लोकतान्त्रिक गठबन्धन रुपन्देही क्षेत्र नं ३ ले मगंलवार फर्साटिकटमा आयोजना गरेको आमसभालाई सम्वोधन गर्दै पुर्व रक्षा मन्त्री समेत रहनु भएका खाणँले आफुहरुको यो दावी हावादारी नभई बिभिीन्न सर्वेक्षण र अनुसन्धानमा आधारीत रहेको समेत प्रस्टाउनु भयो । त्यस्तै समानुपातिक तर्फ काँग्रेसले जनताको लोकप्रीय मत ४२ प्रतिशत ल्याउने उहाँले बताउनु भयो । आउदो निर्वाचनमा लोकतान्त्रिक गठबन्धनले प्रस्ट बहुमत ल्याई काँग्रेसको नेतृत्वमा सरकार बन्ने भन्दै उहाँले यस क्षेत्रमा राष्ट्रिय प्रजातन्त्र पार्टी प्रजातान्त्रीक(राप्रपा) सगंको गठबन्धन स्वभाविक र राष्ट्रिय आवश्यकताको आधारमा गरिएको बताउनु भयो । टिक बितरणको क्रममा सवैलाई टिक दिन नसकिएको भन्दै यसपटक धैर्य गरेर गठबन्धनलाई बलियो बनाउन लागि पर्नेलाई अर्को पटक प्राथमिकतामा राखेर न्यान दिईने समेत उहाँले बताउनु भयो । राष्ट्रियत, प्रजातन्त्र, लोकतान्त्र, शान्ति प्रक्रिर्या र सविधान कार्यान्वयन गर्न लोकतान्त्रिक गठबन्धन गरिएको समेत उहाँले बताउनु भयो ‘काँग्रेसको नियती नै भनौ या बाध्यता जव मुलुक अप्ठ्यारोमा पर्छ ,कठीन अवस्थामा हुन्छ, त्यो बेला काँग्रेसले अरुलाई साथमा लिएर हिड्नु परेको छ, काँग्रेस केन्द्रीय सदस्य समेत रहेका खाँणले भन्नु भयो –राष्ट्रियता र जनताकै

फेसबुक आफैंले गरिदियो स्व‍. प्रकाशको एकाउन्ट परिवर्तन

काठमाडौं- फेसबुकले आइतवार निधन भएका प्रचण्ड पुत्र प्रकाश दाहालको फेसबुक आफै परिवर्तन गरिदिएको छ । फेसबुकले दाहालको फेसबुकमा अहिले उनको प्रोफाइलको नाम माथि ‘Remembering’ भन्ने शब्द हालिदिएको छ जुन मृत्यु भईसकेको मानिसको फेसबुकको एकाउन्टमा आफै देखिन्छ । साथै उनको प्रोफाइल माथि फेसबुकले ‘Remembering Prakash Dahal’देखिएको छ  ।  जहाँ  (We hope people who love Prakash will find comfort in visiting his profile to remember and celebrate his life.) भन्ने संदेश देखाएको छ । फेसबुकले प्रयोगकर्ताको मृत्यु भईसकेपछि उसको एकाउन्टलाई आफै ‘memorialized accounts’ को रुपमा परिवर्तन गर्छ भन्ने कुरा यस कुराले प्रमाणित गरेको छ ।  प्रकाशको मृत्युको खबर कसरी पायो फेसबुकले ? विश्वमा झन्डै आधा जनशंख्याले फेसबुक चलाउँछन् । ति मध्ये दैनिक हजारौंको मृत्यु भईरहेको हुन्छ । फेसबुक आफैले जो(जो प्रयोगकर्ता मर्छन, सबैको एकाउन्ट परिवर्तन गर्न भने सक्दैन । तर जो व्यक्ति मर्छ र उसलाई समवेदना भन्दै उसको फोटो सेयर गर्ने तथा फेसबुक मार्फत दुस्ख व्यक्त भएपछी फेसबुकले त्यस्ता व्यक्तिको एकाउन्टलाई  ‘memorialized accounts’ को रुपमा परिवर्तन गरिदिन्छ । प्रकाशको फेसबुक एकाउन्ट पनि यस्तै भएको हुनसक्छ । आइतबार मृत्यु भएका प्रकाश दाहालको फोटोहरु सामाजिक संजालमा हजारौं(लाखौँले श्रद्धान्जली दिंदै पोष्ट गरेको कारण पनि फेसबुकले उनको मृत्यु भएको भन्ने बुझेर उनको फेसबुक परिवर्तन गरेको हुन सक्छ । लगातार फेसबुकमा प्रकाश दाहालको फोटो हाल्दै उनको मृत्युबारे पोष्टहरु सेयर गरिएका थिए । माथिको

दैनिक पत्र मिडिया कपमा १२ टिमको सहभागिता

बुटवल, ४ मंसिर । दैनिक पत्र दैनिककोे १४ औं वार्षिकोत्सवको अवसरमा हुुने ‘चौथो दैनिक पत्र मिडियाकप भलिवल प्रतियोगिता’मा १२ टिमको सहभागिता हुने भएको छ । दैनिक पत्रको प्रकाशन संस्था बुटवल मिडिया प्रकाशन प्रा.लि.को आयोजनामा मंसिर ११ गतेदेखि हुने प्रतियोगितामा रुपन्देहीमा रहेका १२ वटा मिडियाले टिम दर्ता गरेका छन् । प्रतियोगितामा भैैरहवाबाट प्रकाशित गौतमबुद्ध सन्देश, रेडियो लुम्बिनी मणिग्राम, बुटवल एफएम, लुम्बिनी सामुदायिक टेलिभिजन, रेडियो मलमला मुुर्गिया (सैनामैना), बुद्ध सामुदायिक टेलिभिजन, रेडियो समावेशी, रेडियो जागरण, तिनाउ एफएम, सैैनामैैना एफएम र खस्यौली एफएम प्रतियोगितामा सहभागि हुने प्रतियोगिताका संयोजक लक्ष्मण पोखरेलले बताए । प्रतियोगितामा आयोजक दैनिक पत्र टिमको समेत सहभागिता हुनेछ । प्रतियोगिताको खेलतालिका केही दिनमै प्रकाशित गरिने छ । प्रतियोगितामा प्रथम हुने टिमले १५ हजार नगद पुरस्कार सहित कप र मेडल पाउनेछन् । दोस्रो हुनेले १० हजार र तेस्रो हुने टिमले ५ हजार नगद सहित मेडल र कप पाउने छन् । दैनिक पत्रले ०६१ सालदेखि मिडियाकप भलिवल प्रतियोगिता गर्दै आएको थियो । केही वर्ष स्थगित प्रतियोगितालाई यो वर्षदेखि निरन्तरता दिइने भएको छ । दैनिक पत्रले वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रमको समेत आयोजना गरेको छ । मंसिर १४ गते रक्तसञ्चार केन्द्र बुटवलमा रक्तदान कार्यक्रम हुने भएको हो । त्यस्तै मंसिर १६ गते बुटवलमै कवि सम्मेलनको आयोजना गरिएको छ । वार्षिकोत्सवको विशेषांक माघ २८ गते प्रकाशित

रुपन्देही– ३ लोकतान्त्रिक गठबन्धनको चुनावी घोषणापत्र सार्वजनिक

रुपन्देही भैरहवा ४ मंसिर / आगामी मंसिर २१ गते हुने दोस्रो चरणको प्रतिनिधी सभा र प्रदेश सभा सदस्यको निर्वाचको रुपन्देही जिल्लामा सरगर्मी बढेको छ । विभिन्न दलहरुले आन्तरिक देखि खुल्ला भेटघाट गर्दै चुनावी प्रचारप्रसार तिव्र पारेका छन् । यसैबिचमा चुनावी प्रचारप्रसारको क्रममा रुपन्देही लोकतान्त्रिक गठबन्धनको निर्वाचन क्षेत्र नम्बर ३ ले सोमबार भैरहवामा पत्रकार सम्मेलनको आयोजना गरी आफ्नो घोषणापत्र सार्वजनिक गरेको छ । उसले आफ्नो घोषणा पत्र मार्फत कम्युनिष्टहरुको गठबन्धनले मुलुकको राष्ट्रिय राजनीतिलाई नै अन्यौलतर्फ धकेलिरहेको अवस्थामा रहेको उल्लेख गर्दै भोलीका दिनमा देशको लोकतान्त्रिक संविधान कार्यान्वयन हुने विषयमा समेत शंका उत्पन्न हुने अवस्था सृजन भएको बताएको छ । उसले ५ नम्बर प्रदेशको राजधानी रुपन्देहीलाई बनाउने देखि बेलहिया–कोरला सीमा नाकासम्म आवातजवात गर्ने सडकको निर्माण गर्न विशेष पहल गरिने सम्मको घोषणा पत्र सार्वजनिक गरेको हो । त्यस्तै अगामी ३ वर्ष भित्रमा यस क्षेत्रको शिक्षा दरलाई वर्तमान ७४ प्रतिशत बाट ९० प्रतिशत पुरायाइने, १२ कक्षा सम्म निःशुल्क पठनपाठन गराइने, मोतिपुरमा शिक्षण अस्पताल स्थापना गर्ने, ३ वर्षमा यस क्षेत्रमा क्यान्सर डिटेक्सन सेन्टरको स्थापना गरिने, भिम अस्पतालाई स्तरोन्नती गरी अस्पताललाई ५० शैयाको बनाउनुका साथै २५÷२५ शैयाको नयाँ अस्पतालको व्यवस्था गरिने रुपन्देही ३ का लोकतान्त्रिक गठबन्धनका उम्मेदवारहरुले प्रतिवद्धता गरेका छन् । यस्तै मंगलापुर– रगरगंज– हुदै भैरहवा विमानस्थल पुग्ने सडकको निर्माण गर्ने, निम्नदरमा मल खादको व्यवस्था गर्ने तथा

नारायणकाजीमाथि खनिए बाबुराम, प्रचण्ड-ओलीलाई उक्साएको आरोप ! (भिडियो सहित)

४ मंसिर, गोरखा । भच्चेकको चुनावी सभामा नयाँ शक्ति पार्टीका संयोजक एवं गोरखा २ का उम्मेदवार डा. बाबुराम भट्टराई आफ्ना प्रतिस्पर्धीमाथि खनिएका छन् । उनले पूर्वसहकर्मी समेत रहेका नारायणकाजी श्रेष्ठमाथि कम्युनिष्ट छाड्न हुँदैन भनेर प्रचण्ड र केपी ओलीलाई उक्साएकोदेखि कुखुरे मुटु भएको सम्म आरोप लगाए । वाम गठबन्धन बनाउने क्रममा प्रचण्ड र ओली कम्युनिष्ट पार्टी छाड्न सहमत भएको भट्टराईले दाबी गरे । ‘जब हामीले गठबन्धन बनायौैं, यसको सबैभन्दा ठूलो बाधक उहाँ हुनुहुन्थ्यो, जो अहिले मेरो प्रतिद्वन्द्वी बनेर आउनु भएको छ’ उनले भने । ‘जो मान्छे आज यहाँ आएर म पनि लोकतन्त्रवादी हुँ, जनयुद्धमा थिइनँ भन्दै गोहीका आँसु झारिराख्नु भएको छ । कम्युािष्ट आन्दोलनलाई समाजवादी रुपान्तरण गरौं भन्दा विरोध गर्ने उहाँ नै हो’ केपी ओलीले आफूलाई सुनाएको भन्दै भट्टराईले भने,’ कम्युनिष्ट छोड्नु हुँदैन । बाबुरामलाई किन ल्याएको उसले त कम्युनिष्ट आन्दोलन छाडिसक्यो भनेर उक्साउने उहाँ नै हुनु हुँदोरहेछ ।’ पूर्वप्रधानमन्त्री समेत रहेका भट्टराईले वाम गठबन्धनका उम्मेदवार श्रेष्ठ ‘टुरिष्ट’ भएको बताए । आफू हरेक महिना जिल्ला आएको र फेरि पनि आउने भन्दै उनले भने, ‘तपाईले छान्ने कसलाई हो ? जो मान्छे प्रत्येक महिना घरदैलोमा आएका सुख्खा रोटी खाएर धुले वाटोमा हिड्छ । त्यस्तो मान्छेलाई छान्ने कि जो मान्छे सहर बजारमा बस्छ, उपल्लो घरानामा उन्नती गरेको छ । त्यो मान्छे टुरिष्टका रुपमा आएर

जन्म दिने आमाले नै ३ छोराछोरी बेचेपछि …‍….

महमाई – माई नगरपालिका–८, कलकत्तेकी ४ वर्षीया बालिका स्वस्तिका राई बिहान, दिउँसो, बेलुका जुनसुकै...

वाम एकताप्रति माअाेबादी नेता पुन र महरा पनि असन्तुष्ट, के उनले पार्टीलार्इ साथ देलान ?

काठमाडौं । उपप्रधान तथा परराष्ट्रमन्त्रीसमेत रहेका नेकपा माओवादी केन्द्रका नेता कृष्णबहादुर महरा र अर्का...

म अझै गद्दार भैसकेको रहेनछु : प्रचण्ड

२४ असोज, काठमाडौं । एमालेसँग पार्टी एकताका लागि सहमति जनाएका माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले...

प्रचण्ड पिँडामा हुँदा, खुसीहुनेहरुकाे नाममा एउटा मार्मिक लेख ‍…..

मलाइ अचम्म लाग्छ खाली यति हजार र उति हजार मारेको भन्दै मान्छेहरु किन कसैको...

  • Loading…

  • Loading…

  • ©2017 Takkarnews All Rights Reserved...