Monday 25th September 2017

नेपालको शानदार जित, सन्दिपले लिए ७ विकेट । थाइल्याण्डलाइ कतिमा अल आउट गर्यो होला नेपालले ?

काठमाडौं / एसीसी यू-१९ इस्र्टन रिजन प्रतियोगितामा नेपालले शानदार सुरुवात गरेको छ । अनिलकुमार शाहको उत्कृष्ट ब्याटिङ र सन्दिप लामिछानेको उत्कृष्ट बलिङको मदतमा नेपालले थाइल्याण्डलाई २५५ रनले हरायो । नेपालले प्रस्तुत गरेको २८२ रनको लक्ष्य पछ्याएको थाइल्याण्ड १० ओभरमा २६ रन जोड्दा अलआउट भयो । नेपालको घातक बलिङका सामू निरिह देखिएका उसका कुनै पनि ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन् । नेपालमा सन्दिपले ४ ओभरमा ६ रन खर्चिएर ७ विकेट हात पारे । यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले ५० ओभरमा ६ विकेट गुमाएर २८१ रन बनाएको थियो । नेपालका लागि अनिलकुमारले उत्कृष्ट पारी खेले । उनी मात्र ९ रनले शतक बनाउन चुके । ७४ बलको सामना गरेका उनले ६ चौका र ५ छक्काको मलतमा ९१ रन बनाए । यस्तै प्रनित थापा मगरले अर्धशकत पुरा गरे । ६१ बलको सामना गरेका उनले तीन चौका र एक छक्कासहित ५० रन बनाए । सन्दिप सुनारले ३२, रोहितकुमार पौडेलले २८, दिपेन्द्र सिंह ऐरी र पवन सरार्फले २२ र आसिफ शेखले २१ रन बनाए । किशोर महतो २ रनमा अविजित रहे ।

मेस्सीको ह्याट्रिकले बार्सिलोनाको शानदार जित

लियोनल मेस्सीको ह्याट्रिकको मद्दतमा बार्सिलोनाले स्पेनिस ला लिगा फुटबलको नयाँ सिजनमा विजयी यात्रा कायम राखेको छ । लिग अन्तर्गत शनिबार राति भएको खेलमा बार्सिलोनाले स्पानियोललाई ५–० ले हरायो । बार्सिलोनाको जितमा मेस्सीले २६, ३५ र ६७ औं मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरे । मेस्सीले बार्सिलोनाबाट गरेको यो ३८ औं ह्याट्रिक हो । यस्तै ८७ औं मिनेटमा जेराड पिके तथा ९० औं मिनेटमा लुइस स्वारेजले गोल गरेपछि बार्सिलोनाले ५–० को शानदार जित दर्ता गर्‍यो । यो खेलमा उस्मान डेम्बेलेले बार्सिलोनाबाट डेब्यु गरेका थिए । उनी ६८ औं मिनेटम सबस्टिच्युडको रुपमा मैदान छिरेका हुन् । जितपछि शीर्ष स्थानको बार्सिलोनाको ३ खेलबाट ९ अंक भएको छ । राति नै भएको खेलमा लेभान्टेसँग १–१ को बराबरीमा रोकिएको रियल मड्रिड तीन खेलबाट पाँच अंकसहित छैटौं स्थानमा छ । राति भएका अरु खेलमा सेभिल्लाले एइबरलाई ३–० ले हरायो भने भ्यालेन्सिया र एथ्लेटिको मड्रिडले गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन् । फाेटाे  फिचरहरू  

नेपालको सडकमा फुटबल खेल्दै आएका सडक बालक विश्वकप फुटबल खेल्दैछन्, खुशीले सबै दंग !

काठमाडौं, भदौ २३ । सानैमा बुवा बितेपछि कालीकोटका पवन शाहीलाई आमाले राम्रोसँग पाल्न सक्नुभएन । खाना र नाना नभएपछि पवन सडकमा आए । कसैको सहारा नभएपछि आफ्नो जिन्दगी सडकमै जाने भयो भनेर पवन चिन्तामा थिए । तर ३ बर्षअघि काठमाडौंको एक बालगृहले उनलाई काठमाडौंमा ल्यायो र पालनपोषण गर्न थाल्यो । पढाउन पनि थाल्यो । अहिले उनलाई नसोचेको अवसर आयो, सडक बालकको विश्वकप फुटबलको लागि अभ्यास गर्ने ।सडकबाट अर्को संसारमा जाने कल्पनासम्म नगरेका पवन रुसमा आउँदो मे महिनामा हुने सडक बालकको विश्वकपमा नेपाली टोलीमा पर्न दशरथ रंगशालामा पसिना बगाउँदैछन् । देशभरबाट आएका १० टिमका झण्डै १ सय जनाबाट १८ जना खेलाडी छानिने भएकाले पवन शाहीले खुब मेहेनेन गर्नुपरेको छ । ‘मैले त यसरी बालगृहमा आउन पाउँछु भन्ने पनि सोेचेको थिएन, तर मैले त घरमा भन्दा पनि माया गर्ने होस्टेल पाएको छु, त्यसैमा खुसी थिएँ, तर अहिले त सोच्दै नसोचेको कुरा विश्वकपमा खेल्ने सम्भावना बढेको छ’ दशरथ रंगशालामा उज्यालोसँग कुरा गर्दा खुशीका आँसु झारेका पवनले भने, ‘अहिले मलाई समाजले सडकमा बस्ने भुस्याहाको नजरले हेर्छ, विश्वकप खेलेर समाजमा ठूलो मान्छे बन्ने मेरो इच्छा छ, तर त्यो इच्छा टाढा छैन ।’ बुवा सानैमा बितेपनि पवनको घरमा आमा र सानो भाइ छन् । ‘सानोमा सडकमा थिइस, अब त राम्रो ठाउँमा छस, भाइलाई पढाउने र मलाई पाल्ने

यू-१९ विश्वकप छनोटः अफगानसँग नेपालको लज्जास्पद हार

५ साउन, काठमाडौं । आइसीसी यू-१९ विश्वकपको एशियाली छनोटमा नेपालले अफगानिस्तानसँग लज्जास्पद हार व्यहोरेको छ । १९१ रनको लक्ष्य पछ्याएको नेपाल २६ ओभरमा मात्र ४९ रनमा अलआउट भयो र अफगानसँग १४१ रनले पराजित भएको छ । सुरुवाति दुई खेल जितेको नेपाली किशोर टोलीको वास्तविक परीक्षा अफगानी टिमसँग हुने मानिएको थियो । जसमा बलिङतर्फ ठीकै प्रदर्शन गरेपनि ब्याटिङ निकै खराब रहृयो । नेपालले बनाएको ४९ रन मध्ये २६ रन पवन सरार्फ एक्लैले बनाएका थिए । छैटौं ओभरको अन्तिम बलबाट नेपालको विकेट पतन सुरु भएको थियो । पहिलो विकेटका रुपमा ओपनर आसिफ शेखलाई ६ रनमा गुमाएको नेपालले अर्को ओभरमा सन्दिप सुनारलाई पनि २ रनमा गुमाउन पुग्यो । सन्दिप लगातार तेस्रो खेलमा चल्न सकेनन् । नवौं ओभरमा नेपालका लागि घातक सावित बन्यो । अफगानी बलर नभिन उल हकले यस ओभरको चौथो, पाचौं र छैटौं बलमा क्रमसः दीपेन्द्र सिंह ऐरी, प्रनित थापामगर र अनिल शाहलाई आउट गराउँदै प्रतियोगिताकै पहिलो हृयाटि्रक लिए  त्यसपछि नेपाल निक्कै दबावमा आयो । आठौं नम्बरमा ब्याटिङ गर्न आएका पवन सर्राफले सम्हालिएर खेल्ने प्रयास गरे । तर, उनलाई अन्य ब्याट्सम्यानले साथ दिन सकेनन् । अन्तिम विकेटका रुपमा आउट भएका पवनले २६ रन बनाए । अन्य व्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन् । आशिफ शेखले ६ रन बनाउँदा आदिल खान र दिपेन्द्र सिंह

एभरेष्ट माविका विद्यार्थी खेलाडिलाई दशवटा भलिवल हस्तान्तरण

बुटवल, ४ साउन । बुटवलमा रहेको एभरेष्ट इङ्गलिस माविका विद्यार्थीहरुको भलिवल प्रतिको रुचिलाई देखेर जापानमा बसोबास गर्दै आएका एक जना भलिवल खेलाडिले १० वटा भलिवल विद्यालयलाई सहयोग गरेका छन् । पुर्व राष्ट्रिय भलिबल खेलाडी तथा पश्चिमाञ्चल भलिबल संघका भलिबल प्रशिक्षक समेत रहेका स्याङ्जा निवास नविनकुमार गुरुङ्गले दशवटा भलिवल विद्यालयका प्राचार्य कृष्ण न्यौपानेलाईगर्नु भएको होे । भलिवल हस्तान्तरण कार्यक्रममा एभरेष्टका भलिबल खेलाडीहरु निरन्तर पश्चिमाञ्चलको भलिबल टिममा समावेश भई उत्कृष्ट नतिजा निकाल्न सफल रहेको र भविष्यमा समेत अझै राम्रो नतिजा निकाल्ने उत्साह थापियोस भनेर विद्यालयलाई १० थान भलिबल उपहार दिएको प्रशिक्षक गुरुङ्गले बताउनुभयो । एभरेष्टका प्राचार्य न्यौपानेको आतिथ्यतामा भएको कार्यक्रममा विद्यालयका बरिष्ठ सहायक प्राचार्य माधवप्रसाद आचार्य, सहायक प्राचार्य भिमसेन गौतम, भलिवल प्रशिक्षक अर्जुन घिमिरे लगायतले बोल्दै विद्यार्थीहरुलाई खेलप्रतिको उत्साहलाई बढाउनका खेलकुद सामग्री प्रदान गर्नु उदाहरणीय कार्य भएको बताउदै निरन्तर सहयोगको आवश्यकता औल्याउनुभयो । यसैबीच सोही कार्यक्रमको अवसर पारि पश्चिमाञ्चल भलिबल संघका संस्थापक अध्यक्ष तमू धि जापानका अध्यक्ष श्रीभक्त गुरुङ्गले विद्यालयका छात्रा भलिबल खेलाडीलाई १२ जोर मिकासा नि–क्याप उपहार प्रदान गर्नु भएको थियो ।

लियो फुटसलको उपाधी सालझण्डीलाई

बुटवल ,चैत्र १३ । लियो जिल्ला परिषद ३२५ वी २ अन्र्तगत एरिया चार मा रहेका लियो क्लवहरु बीच आयोजना गरिएको अन्तर लियो फुटसल प्रतियोगिताको उपाधी लियो क्लव अफ सालझण्डीले जितेको छ । रुपन्देहीको जोगीकुटी स्थित फुटसल एरिनामा भएको प्रतियोगीतामा लियो क्लव अफ लर्ड बुद्धलाई भारी गोल अन्तरले पराजीत गर्दै सालझण्डीले उपाधी जितेको हो । गत चैत्र ८ गते मात्र स्थापना भएको लियो क्लव अफ सालझण्डी एरिया चार अन्तर्गत नया लियो क्लवको रुपमा स्थापीत क्लव हो । प्रतियोगीतामा लियो क्ल्व अफ लर्ड बुद्धले दोस्रो स्थान हात पारेको छ । लियो जिल्ला परिषद ३२५ वी २ अन्र्गत एरिया ४ मा रहेका लियो सदस्यहरु बीच आपसी सद्भाव र भाईचाराको सम्बन्ध स्थापीत गर्ने भन्दै लियो क्लव अफ त्तिलोत्तमाले प्रतियोगीताको आयोजना गरेको थियो । प्रतियोगितामा बिजयी टिमहरुले शिल्ड तथा प्रमाण पत्र प्राप्त गरेका छन् । एरिया ४ अन्र्तगतका ११ वटा क्लवहरुको प्रतियोगितामा सहभागीता रहेको थियो ।

नेपाल केन्यासँग ५ विकेटले पराजित

काठमाडौं– विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत नेपाल केन्यासँग ५ विकेटले पराजित भएको छ । घरेलु टोली नेपाल कीर्तिपूरस्थित त्रिवि क्रिकेट मैदानमा  केन्यासँग ५ विकेटले पराजित भएको हो । तीन पटकसम्म ओभर घटाएर अन्तिममा २६ ओभर कायम गरिएको खेलमा केन्याले जितका लागि ९४ रनको लक्ष्य पाएको थियो । सो लक्ष्य २४ ओभर १ बलमा केन्याले ५ विकेटको क्षतिमा हासिल गर्यो । घरेलु मैदानमा समर्थकहरुको बाक्लो उपस्थितिलाई नेपाली टोलीले निराश पारे । बिहानैदेखि समर्थकहरु पानीको समेत परबाह नगरी नेपाली टोलीको हौसला बढाउन कीर्तिपुर पुगेका थिए । हारसँगै नेपालको अर्को चरणमा पुग्ने सम्भावना कठीन बन्दै गएको छ । ९ खेल खेलेको नेपालको जम्मा ६ अंक रहेको छ भने छैटौं स्थानमा रहेको छ । यस्तै केन्या १० अंकसहित पाँचौं स्थानमा रहेको छ । शीर्ष ४ मा रहने टोली विश्वकप छनोटको अर्को चरणमा प्रवेश गर्नेछन् । आजको खेल वर्षाका कारण पटक पटक रोकिँदै सुचारु हुँदै आएको थियो भने बिहान ९ बजेदेखि सुरु हुने भनिएको खेल साढे ११ बजेदेखि सुरु भएको थियो । निर्धारित ५० विकेटको खेललाई घटाएर ३८ ओभरमा झारिएर सुचारु गरिएको खेलमा नेपालले ८ विकेटको क्षतिमा ३६ ओभरमा ११२ रन बनाएर खेल्दै थियो । तर त्यही बेलामा पानी पर्न थालेपछि आइसीसीले घटाएर २९ ओभरको खेल कायम गर्यो । सो पछि नेपालको १०४ रनको लक्ष्य

दिल्लीको तयारी, पारस तंग्रिँदै

फाल्गुन २१, २०७३- केन्यासँग विश्व क्रिकेट लिग च्याम्पियनसिपको खेल आउन साता दिन बाँकी छ । यो अवस्थामा नेपाली क्रिकेटको ध्यान पारस खड्काको स्वास्थ्यस्थितिमा आएर रोकिएको छ । नेपाली राष्ट्रिय टिम केन्यासँगको खेलका लागि दिल्लीमा अभ्यास खेल खेलेर शुक्रबार काठमाडौं फर्किएको छ । अस्वस्थताका कारण कप्तान पारस भारत गएनन् । उनको अनुपस्थितिमा ज्ञानेन्द्र मल्लले कप्तानी सम्हाले । दुई साताअघि रिकरेन्ट एपेन्डिसाइटिस बिथ इन्टेसनाइनल अब्स्ट्रक्सन भएकाले अत्यधुनिक क्यामेरा प्रविधिबाट एड्हेसियालाईसी तथा की होल सर्जरी (गुजुल्टिएका आन्द्राहरू मिलाउने) एवं इमर्जेन्सी ल्याप्रोस्कोपिक एपेन्डिक्टोमी गरिएको थियो । त्यसपछि फागुन ८ मा पारस ग्रान्डी अस्पतालबाट डिस्चार्ज भएर घर फर्किए । उनलाई निको हुन तीन साता लाग्ने बताइएको थियो । केन्यासँगको म्याचका लागि आफू तंग्रिन बाँकी रहेको पारस बताउँछन् । उनले भने, ‘अहिलेसम्म ठीकै छु, ३–४ दिनमा सबै थाहा हुन्छ ।’ पारसले खेले पनि ब्याटस्म्यानका रूपमा मात्र खेल्ने स्थिति रहेको बताइएको छ । तर उनी अझै केही भन्ने अवस्था नरहेको बताउँछन् ।  राजवाडा क्रिकेट क्लबसँग नेपाल पहिलो खेलमा पराजित हुँदा ज्ञानेन्द्रले शतक बनाएका थिए । दोस्रो खेलमा पनि उनले ९५ रनको इनिङ्स खेले । ज्ञानेन्द्रले ब्याटिङ नगरे पनि नेपालले तेस्रो खेल जितेको थियो । नेपालले पहिला दिल्लीमा एयर इन्डिया, अफगानिस्तान ‘ए’ सँग खेल्ने कार्यक्रम बनाएको थियो । पछि नेपालले स्थानीय टिमसँग खेलेर आएको हो । नेपालको निर्धारित

पाथीभरा राष्ट्रिय भलिबलको उपाधि पुलिसक्लबलाई

७ फागुन ताप्लेजुङ । दोस्रो राष्ट्रिय पाथीभरा भलिबल प्रतियोगिताको उपाधि नेपाल पूलिस क्लबले जितेको छ । राउण्ड रोविनको आधारमा खेलाइएको प्रतियोगितामा नेपाल पूलिसले ११ अंकका साथ उपाधि चुमेको हो । त्यस्तै १० अंक सहित त्रिभुवन आर्मी क्लबले उपविजेतामा चित्त बुझाएको छ । शनिबार भएको निकै प्रतिस्पर्धात्मक अन्तिम खेलमा १९-२५, १५-२५, २५-२०, २५-२२ र १५-११ बनाउँदै ३-२ को सेटमा त्रिभुवन आर्मीलाई नेपाल पुलिसले पराजित गरेको हो । यस्तै सशस्त्र प्रहरिको एपीएफले ६ अंक जोड्दै तेस्रो भएको छ भने पूर्वाञ्चलले २ अंकका साथ सान्तवनामा चित्त बुझाएको छ । सशस्त्र प्रहरीले २५-१३, २५-१८ र २५-८ को सोझो सेटमा पछि पार्दै तेस्रो स्थान पक्का बनाएको हो । प्रतियोगिताका विजेतालाई तीन लाख ३० हजार र उपविजेता लाई १ लाख ६५ हजार पानएको छ । तेस्रो र चौथो हुने टिमलाई नगद ३५/३५ हजार प्रदान गरिएको आयोजक जिल्ला भलिवल संघ ताप्लेजुङले जनाएको छ ।

एनसिएसएसको रुपन्देही शाखा विस्तार

गोकर्ण प्रकाश ज्ञवाली, फागुन १ । नेपाली क्रीकेट सपोटर्स सोसाईटी(एनसिएसएस)को रुपन्देही शाखा विस्तार भएको छ । चितवन र झापापछि रुपन्देही जिल्लामा यसको समन्वय टिम विस्तार गरिएको रुपन्देही संयोजक तारा पाठकले बताए । यस शाखाले जिल्लाभित्र रहेका क्रीकेटप्रेमी र समर्थकहरुलाई गोलवद्ध गराउँदै जिल्लाभित्र र वाहिर हुने क्रीकेट खेलहरुबारे जानकारी गराउने, जिल्लाभित्रका खेलाडीहरु पहिचान गर्दै आवश्यक तालिम, अवसर प्रदान गर्ने एवं क्रिकेट क्षेत्रका बेथिति, लापरवाही विरुद्ध आवाज उठाउने लक्ष्य लिएको पनि पाठकले बताए । शनिवार बुटवलमा बिस्तारित रुपन्देही जिल्ला समन्वय शाखामा एनसिएसएस केन्द्रिय समूहमा क्रियाशिल तारा पाठकको संयोजकत्व एवं मोहन ज्ञवालीको सह–संयोजकत्व रहेको छ । त्यस्तै सदस्यहरुमा राजु राना, गोविन्द भुसाल, शंकर पन्थी, सुशील थापा, अमृत गैरे, विज्ञान वस्याल, उमेश गैरे, विकाश रोकाया र कृष्ण अर्याल रहेका छन् ।      नेपाली क्रीकेट प्रेमी र समर्थकलाई एकठाउँमा गोलबद्ध गराउन गत वैशाखमा एनसिएसएसको स्थापना गरिएको थियो । सामाजिक सञ्जालमा एनसिएसएस ग्रुपमा आवद्ध क्रीकेटप्रेमीहरुको एकतामा जिल्ला–जिल्लामा समन्वय टिम गठन गर्न, नेपालीहरुको सहभागितामा राष्ट्रिय तथा अन्तराष्ट्रियस्तरमा हुने क्रीकेट प्रतियोगिताहरुमा सहयोग र समर्थन जुटाउन यस संस्था क्रियाशिल छ । देशविदेशका करिव दुईलाख नेपाली यस समूहमा गोलवद्ध भएका छन् । एनसिएसएसले क्रीकेटमा मानव तस्करी रोक्न आवाज वुलन्द गर्दै आएको, टियु क्रीकेट मैदानको सरसफाई र डव्लुसियल म्याचको दौरानमा भलुन्टरको भूमिका आदिमा सहभागिता जनाएको एवं हालै झापामा एनसिएसएस कप संचालन

अखण्ड पार्टी छोडेर स्वतन्त्र वसेका हरी क्षत्री अव कता जालान ?

बुटवल ,असार ०३ । पछिल्लो समय स्थानीय निकायको चुनाव नजिकिदै गएको अवस्थामा एउटा पार्टी...

पिपलधाराका अधिकांश युवा साझा पार्टिमा प्रवेश

बुटवल ८ चैत / विविसी नेपाली सेवावाट राजिनामा दिए लगत्दै साझा पार्टि खोलेका रविन्द्र...

प्रेमको रहस्य खुलेपछि कक्षा ६ मा पढ्ने बालिकाले गरिन अात्महत्या (पत्रमा के थियो पुरा पढ्नुहोस्)

‘समीर म तिमिलाई माया गर्छु, ‘आई लभ यू सो मच एण्ड मिस यू सो...

रातारात बिद्यार्थी भर्ना गर्न खोजेको भन्दै बुटवल बहुमुखीमा झडप ३ जना घाइते

बुटवल, २९ माघ / बुटवल बहुमुखी क्याम्पसमा बिद्यार्थी संगठनबिच गएराती झडप भएको छ ।...

  • New title for a=>html, img=>alt
  • New title for a=>html, img=>alt
  • New title for a=>html, img=>alt
  • New title for a=>html, img=>alt
  • ©2017 Takkarnews All Rights Reserved...