Monday 25th September 2017

गोप्यतामा चुक्यो नेपाल आईडल, रिजल्ट लिक भएपछि टिभी निर्देशकले माफी मागे (भिडियाे सहित)

काठमाडौँ । सुजता आउट हुने भन्ने कुरा कार्यक्रम छायंकन हुने बित्तिकै सामाजिक संजालमा केही व्यक्तिहरुले दावी गरेका थिए भने कति पयले सुजता आउट हुन्छ भनेर समाचार समेत तयारी बनाएर राखेका थिए । सामाजिक संजाल फेसबुक र युट्युवमा कतिपयले कार्यक्रम आउनु भन्दा अघि नै सुजता आउट भन्ने खुलासा गरेका थिए । यसको अर्थ के बुझीन्छ भने सुजता आउट भन्ने खबर कार्यक्रम छायंकनकै क्रममा बाहिर आएको देखिन्छ । नेपाल आईडलबाट सुजता आउट हुनेकुरा कार्यक्रम आउनु भन्दा अघि नै बाहिर आएको थियो । आखिर कस्ले ग¥यो त लिक ? सामाजिक संजाल भएका पोस्टले आम दर्शकलाई कोआउट हुन्छ भन्ने अड्कल गर्न सहज बनायो । सुजता आउट भएको कुरा कार्यक्रम प्रशारण हुन अघि नै बाहिर आएपछि एपीवानका निर्देशक सुरेश पौडेलले फेसबुकमा आफ्नो स्टाटस लेख्दै भनेका छन् ‘काम गर्दा कहिलेकाही भुलबस त्रुटी भईहाल्छ, त्यसबाट दर्शकलाई असुबिधा नहुनु पर्ने थियो । तर हिजो नेपाल आईडलमा भएको त्रुटीमा क्षमाप्रार्थी छु’ । हेरौं कस्ले चुहावट ग¥र्यो रिजल्ट ?

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख ज्ञवाली बर्खास्त

काठमाडाैँ : सरकारले राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका  प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीलाई बर्खास्त गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले ज्ञवालीको स्पष्टीकरण चित्त बुझ्दो नभएको भन्दै बर्खास्त गर्ने निर्णय गरेको हाे । ज्ञवालीको काम सन्तोषजनक नभएको भन्दै सरकारले गत हप्ता उनीसँग स्पष्टीकरण सोधेको थियो। ज्ञवालीले बुधबार १२ पृष्ठ स्पष्टीकरण बुझाउँदै आफूले काम गरेको तर अन्य मन्त्रालयको असहयोगका कारण पुनर्निर्माण ढिलाइ भएको बताएका थिए। सरकारले अर्को सीईओ आजै नियुक्त गर्ने र दुबै निर्णयलाई एकसाथ सार्बजनिक गर्ने समझदारी भएको मन्त्रिपरिषद स्रोतले बताएको छ । बैठकमा प्रधानमन्त्री प्रचण्डले प्राधिकरणका सीईओले काम गर्न नसकेको घाम झै छर्लङ्ग रहेको बताए । साथै उनले आजै नयाँ सीईओ नियुक्त हुने जानकारी दिए । तर, कसलाई नियुक्त गर्ने भन्ने खुलाएनन् ।  

चीनद्वारा नेपाल पर्यटन प्रवद्र्धन कार्यक्रम घोषणा

बेइजिङ : चीनले सन् २०१७ का लागि ‘नेपाल पर्यटन प्रवद्र्धन कार्यक्रम’ घोषणा गरेको छ । यसलाई यस वर्ष चिनियाँ राष्ट्रपति सी जिनपिङको सम्भावित नेपाल भ्रमण तयारीको रूपमा लिइएको छ । राष्ट्रपतिले भ्रमण गर्ने वर्ष चीनले सम्बन्धित देशमा पर्यटन प्रवद्र्धन कार्यक्रम घोषणा गर्दै आएको छ । चीनले केही दिनअघि नेपाली दूतावासका अधिकारीलाई यसबारे जानकारी दिएको थियो । मंगलबार चीनका लागि नेपाली राजदूत लीलामणि पौड्यालले चाइना नेसनल टुरिजम एडमिनिस्ट्रेसनको अन्तर्राष्ट्रिय विभागका महानिर्देशक चाङ लिचोङसँग भेट गरी ‘नेपाल पर्यटन प्रवद्र्धन कार्यक्रम २०१७’ घोषणा गरेकोमा धन्यवाद दिएका छन् । ‘चीनको यो कदमले नेपालमा पर्यटकको संख्या सन् २०१७ मा उल्लेख्य रूपमा वृद्धि हुनेछ,’ पौड्यालको भनाइ उद्धृत गर्दै नेपाली दूतावासले बुधबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ । एक वर्षमा ८० हजार चिनियाँ पर्यटकले गरे नेपाल भ्रमण सन् २०१६ मा करिब ८० हजार चिनियाँ पर्यटकले नेपाल भ्रमण गरेका छन् । सन् २०१४ मा १ लाख २८ हजार चिनियाँ पर्यटक नेपाल भ्रमणमा गएका थिए । सन् २०१५ मा यो संख्या ६६ हजार थियो । साहसिक पर्यटनमा जान चिनियाँ युवाका लागि नेपाल अद्वितीय गन्तव्य भएको भन्दै सो सन्देश सामाजिक विज्ञापन, अनलाइन मिडिया तथा पर्यटक सम्बन्धित प्रकाशनहरूमा प्रचार–प्रसार गरिदिन पौडेलले महानिर्देशक चाङसँग आग्रह गरेका थिए । चाङले सन् २०१६ को मेमा विश्व पर्यटन सम्मेलनमा चिनियाँ राष्ट्रपति सीले घोषणा गरेका परियोजनाका लागि नेपालले

दाउरा बेचेर विद्यालयको पढाइ

wood-harvested-in-the-forest-bundled-for-carrying-home-in-rural-nepal-d81a6x

कञ्चनपुरको कृष्णपुर नगरपालिका–२ बंकमा रहेको उदय उच्च माविमा कक्षा–८ मा अध्ययनरत १४ वर्षीय रामकृष्ण चौधरी हरेक दिन विद्यालय समय सकिएपछि दाउरा सङ्कलन गरेर झलारी बजारमा बिक्रीका लागि आउने गर्छन् । स्थानीय मुक्त कमैया शिविरमा आश्रय लिँदै आएका चौधरी नजिकैका सामुदायिक वन, सडक छेउछाउ र नदीले बगाएर ल्याएका दाउरा सङ्कलन गरेर साइकलको सहारामा झलारी, कलुवापुर बजारमा बिक्री गर्न थालेको दुई वर्षभन्दा बढी समय बितिसक्यो । “स्कुलबाट आएर दाउरा बिक्री गर्न गएन भने स्कुलको पढाइ खर्च चलाउनै सकिँदैन ।” चौधरीले भने,“घरको अवस्था नाजुक भएकाले नै मैले दाउरा बेच्नु परेको हो ।” रामकृष्ण चौधरी जस्तै बंक र वनहरा क्षेत्रमा मुक्त कमैया, बाढीपीडित बस्तीका बालबालिकाको दैनिकी अध्ययनसँगै दाउरा सङ्कलन र बिक्री गर्नु बनेको छ । त्यसैगरी झलारीपिपलाडी–७ सिमलफाँटा आरक्ष विस्थापित बस्तीका दर्जनौँ बालबालिकाको दैनिकी पनि दाउरा बेचेर आयआर्जन गर्नु नै हो । आरक्ष र सामुदायिक वन क्षेत्रमा कडाइ गरिएपछि ती दाउरा बेचेर पढाइ खर्च जोहो गर्ने बालबालिका भने समस्यामा छन् । यसरी यहाँको कृष्णपुर र झलारीपिपलाडी नगरपालिकाका विपन्न समुदायका बालबालिका दाउरा बेचेर पढाइ खर्चको जोहो गर्न थालेको वर्षौं भइसक्यो । बंकस्थित शिविरका अर्का किशोर नन्दकिशोर रानाले पनि फुर्सदको समयमा दाउरा सङ्कलन गरेर बिक्री गरिरहेको बताए । उनले झलारी बजारमा एउटा दाउराको भारीको व्यापारीले रु १५० देखि २०० सम्म दिने गरेको बताए । “दाउरा बेचेर स्कुल

भारतबाट आयातित विद्युत् सोझै काठमाडौंमा

electricity

भारतबाट आयात गरिएको विद्युत् काठमाडौं ल्याउन महत्वपूर्ण मानिएको हेटौँडा–कुलेखानी–मातातीर्थ प्रसारण लाइन मङ्गलबारदेखि सञ्चालनमा आउने भएको छ । हेटौँडा–कुलेखानी दोस्रो स्यूचाटार १३२ केभी क्षमताको प्रसारण लाइन चार्ज हुनेबित्तिकै भारतबाट आयात गरिएको विद्युत् काठमाडौं ल्याउन सहज हुने भएको छ । आयोजना प्रमुख केदार सिलवालले मकवानपुर जिल्लाको चौकीटोलदेखि कुलेखानी दोस्रो जलविद्युत् आयोजना हुँदै काठमाडौंको मातातीर्थसम्मको प्रसारण लाइन मङ्गलबार चार्ज गरिने जानकारी दिए । विसं २०६८ बाट सुरु भएको सो प्रसारण लाइन मुनि पर्ने जग्गा धनीले मुआब्जा एवम् क्षतिपूर्ति माग्दै लामो समयदेखि अवरुद्ध गर्दै आएका थिए । विसं २०४३ सालमा नै कुलेखानी दोस्रोको विद्युत् राजधानी ल्याउन निर्माण गरिएको प्रसारण लाइनले दायाँ बायाँ नौ–नौ मिटर जग्गाको क्षतिपूर्ति दिइसकेको थियो । मकवानपुरको चौकीटोल, काठमाडौंको तत्कालीन मातातीर्थ र स्यूचाटार गाविसले घर तथा आवास बनाउन अनुमति दिएका कारण प्रसारण लाइन विस्तारमा समस्या पर्दै आएको थियो । काठमाडौं उपत्यकामा विद्युत्को माग बढ्दै गएपछि आयोजनाले एकल फेजमा रहेका प्रसारण लाइनलाई दोहोरो बनाउने तयारी गर्दा स्थानीयवासीले चर्को विरोध गर्दै अवरोध गरेपछि विस्तार कार्य रोकिएको थियो । ‘मङ्गलबार हामी प्रसारण लाइन चार्ज गर्दै छौँ, अब भारतबाट आयात भएको विद्युत् काठमाडौं ल्याउन सहज हुने विश्वास लिएका छौँ,’ आयोजना प्रमुख सिल्वालले भने। प्रसारण लाइन निर्माणका लागि मात्रै आयोजनाले रु एक करोड ८४ लाख क्षतिपूर्ति १९ घरपरिवारलाई प्रदान गरेको छ । ऊर्जा मन्त्री जनार्दन शर्मा, ऊर्जा

संशोधन टेबुल लगत्तै मन्त्रिपरिषद विस्तार

काठमाडौं, पुस २१ – सरकारले संविधान संशोधन विधेयक व्यवस्थापिका–संसद्मा टेबुल भएलगत्तै मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेको छ । संविधानप्रति असन्तुष्ट मधेसी मोर्चाको माग सम्बोधन गर्न भन्दै दर्ता भएको संशोधन विधेयकप्रति आपत्ति जनाउँदै प्रमुख विपक्षीसहित नौवटा दलले सदन र सडक आन्दोलन चर्काइरहेका बेला सरकारले विधेयक पारित गराउने रणनीतिअनुसार मन्त्रिपरिषद् विस्तारको तयारी थालेको हो। संशोधनलाई पास गराउनकै लागि भए पनि संशोधनको विपक्षमा रहेका साना दललाई समेत सरकारमा सहभागी गराउने सरकारको तयारी छ । विपक्षी दलले विधेयकका पक्षमा दुई तिहाइ मत पु¥याउन चुनौती दिएपछि सरकार साना दललाई मन्त्री पद दिएर भए पनि आफ्नो पक्षमा तान्ने र दुई तिहाइ मत जुटाउने रणनीतिमा लागेको हो । ‘संशोधन टेबुल भएपछि दुई तिहाइ पु(याउन पनि राप्रपा नेपाल, फोरम लोकतान्त्रिकसहित सरकारलाई समर्थन गर्ने साना दलहरूलाई समेटेर मन्त्रिमण्डल विस्तार गर्ने तयारी भइरहेको छ,’ सरकारमा सहभागी एक मन्त्रीले भने । कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी र विजय गच्छदार नेतृत्वको मधेसी जनअधिकार फोरम ९लोकतान्त्रिक० सँग यसअघि नै सरकारमा सहभागी हुनेबारे छलफल चल्दै आएको सरकारमा सहभागी दलका नेताहरूको दाबी छ । ‘अब संशोधन टेबुल गरेलगत्तै मन्त्रालय भागबन्डा टुंग्याएर मन्त्रिपरिषद् विस्तार गर्ने योजनामा सरकार छ,’ ती मन्त्री भन्छन् । मन्त्रिमण्डल विस्तारको आन्तरिक गृहकार्य भइरहे पनि संशोधन विधेयक कहिले टेबुल हुने भन्ने टुंगो नलागेका कारण विपक्षी दलसँग आन्दोलनमा रहेका दलहरूसँग औपचारिक कुराकानी भने

ग्रामिणक्षेत्रमा पेट्रोल पम्प नहुदा सास्ती

नवलपरासी जिल्ला को दक्षिणी क्षेत्रमा पेट्रोल पम्प नहुदा स्थानिय जनता सास्ती खेप्नुपरेको छ ।पेट्रोल पम्प नहुदा स्थानिय जनता ठगिएका छन । नेपालमा रु १०१.५० रहेको प्रतिलिटर पट्रोलको रहदा पनि ग्रामिण क्षेत्रमा रहेका व्यापारी बोतलमा राखि प्रतिलिटर रु १२० लिने गरेका छन यसरी प्रतिलिटरमा रु १८.५० पैसा ठगिरहेका छन। त्यस्तै गरि प्रतिबोतलमा राखि बेचिरहेका पेट्रोल प्रतिबोतलमा लगभग ८ सय मिलिलिटर देखि ९ सय मिलिलिटर मात्र पेट्रोल रहेको ठुलाखैरेटवाका जयगोबिन्द यादवले बताउनु भयो । एकातिर मूल्य बढि पर्ने र अर्काे तिर पेट्रोल पनि कम हुने भएकोले यहाँ का जनता समस्या खेप्नु परेको यादवले बताउनु भयो ।ग्रामिण क्षेत्रमा रहेको सोमनी,भुजहवा ,ठुलाखैरेटवा ,नरसहि,पकलिहवा,प्रतापपुर,त्रिबेणीसुस्ता लगायतका गा.बिस. मा पेट्रोल पम्प नरहेको बताईएको छ।यहाका लगभग १ लाख ५० हजार जनसंख्या ले समस्या भोगिरहेका छन । ग्रामिण क्षेत्रमा खुलेयाम कालो बजारि बढेको छ। यसकारण सरकारले समय समयमा बजार अनुगमन गर्न परिने सथानिय अनोज यादवले बताए। –

अखण्ड पार्टी छोडेर स्वतन्त्र वसेका हरी क्षत्री अव कता जालान ?

बुटवल ,असार ०३ । पछिल्लो समय स्थानीय निकायको चुनाव नजिकिदै गएको अवस्थामा एउटा पार्टी...

पिपलधाराका अधिकांश युवा साझा पार्टिमा प्रवेश

बुटवल ८ चैत / विविसी नेपाली सेवावाट राजिनामा दिए लगत्दै साझा पार्टि खोलेका रविन्द्र...

प्रेमको रहस्य खुलेपछि कक्षा ६ मा पढ्ने बालिकाले गरिन अात्महत्या (पत्रमा के थियो पुरा पढ्नुहोस्)

‘समीर म तिमिलाई माया गर्छु, ‘आई लभ यू सो मच एण्ड मिस यू सो...

रातारात बिद्यार्थी भर्ना गर्न खोजेको भन्दै बुटवल बहुमुखीमा झडप ३ जना घाइते

बुटवल, २९ माघ / बुटवल बहुमुखी क्याम्पसमा बिद्यार्थी संगठनबिच गएराती झडप भएको छ ।...

  • New title for a=>html, img=>alt
  • New title for a=>html, img=>alt
  • New title for a=>html, img=>alt
  • New title for a=>html, img=>alt
  • ©2017 Takkarnews All Rights Reserved...